काठमाडौं- झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गर्ने बारा बिश्रामपुरको शुलभ ट्रेड कन्सर्नका सञ्चालक अमिरी ठाकुर विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले ठाकुर विरुद्ध ६ करोड ५२ लाख रूपैयाँ बिगो असुलीको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
कम्पनीले वस्तु खरिद नै नगरी झुटा तथा नक्कली बिक्री बिजक जारी गरी आर्थिक वर्ष २०६८/०६९ देखि २०७३/०७४ सम्म मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागको ठहर छ।
विभागले मूल्य अभिवृद्धिकरतर्फ २ करोड १५ लाख रूपैयाँ र आयकरतर्फ ४ करोड ३६ लाख रूपैयाँ छली गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।