काठमाडौं-सुनको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो।
आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबारका लागि ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ।
तर चाँदीको मूल्य भने स्थिर छ। आइतबार १२ सय ३० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी सोमबारका लागि पनि १२ सय ३० रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।