काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद् गठन भएको छ। परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे छानिएका छन्।
परिषद्का सदस्यहरूमा एसोसिएट समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासंघको पूर्व कार्यकारिणी समिति सदस्यहरू विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डावर नेपाल चुनिएका छन्।
त्यसैगरी, वस्तुगत संघ समूहबाट परिषद्को सदस्यमा महासंघको कार्यकारिणी समिति सदस्य अरनिको राजभण्डारी, नेपाल तयारी पोशाक संघका इमानसिंह लामा, जिल्ला नगर समूहबाट सदस्यहरूमा उद्योग संगठन मोरङका राकेश सुराना, वीरगंज उवासंघका प्रतिनिधि, सिद्धार्थनगर उवासंघका प्रतिनिधि हुनेछन्। प्रदेश समूहबाट परिषदको सदस्यहरूमा प्रदेश १ बाट महासंघको कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, बागमती प्रदेशबाट महासंघको कार्यकारिणी समिति सदस्य दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मी प्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशबाट दीपक पौडेल छानिएका छन्।
अन्य क्षेत्र र वर्गमध्येबाट परिषद्को सदस्यमा विनय उपाध्याय, शाजन शाक्य, शोभा ज्ञवाली, बाबुकाजी कार्की चुनिएका छन् भने परिषद्को आमन्त्रित सदस्यहरूमा क्रमशः प्रतिनिधिहरू नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघका ई. आङ दोर्जी लामा(एडी), एनसेल नेपाल प्रालिका रमेश घिमिरे र नेपाल श्रमिक आपूर्तिकर्ता संघका रामेश्वर शाह छन्।
परिषद्ले मूलतः असल श्रम सम्बन्धको प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी, अन्तर्राष्ट्रिय क्षेत्रीय विदेशी रोजगारदाताको संघ संस्थासंग आवश्यक सम्बन्ध स्थापित गर्ने र सोसँग सम्बन्धित काम गर्ने, श्रम समस्या निराकरण गर्न प्रयत्न गर्ने र त्यस्ता समस्याको समाधानको लागि नेपाल सरकारमा सुझाव प्रस्तुत गर्ने लगायतका काम गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।