काठमाडौं– दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरिरहेका छन्।
विहान पशुपतिनाथमा विशेष पूजा गरेर हायात होटल पुगेका मोदीले विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका छन्। केही अघि कांग्रेस नेताहरुसँग सामुहिक भेट गरेका थिए भने माओवादीका तर्फबाट प्रचण्ड एक्लै भेटका लागि गएका थिए।
अहिले राष्ट्रिय जनता पार्टीका नेताहरुले भेटवार्ता गरिरहेका छन्। भेटका लागि राजपाका अध्यक्ष मण्डलका सबै सदस्य हायात होटल पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।