• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

औद्योगिक क्षेत्रमा १ हजार मेगावाट विद्युत खपतको उपाय खोजिँदै, अध्ययन कार्यदल गठनको तयारीमा प्राधिकरण

64x64
नेपाल लाइभ शनिबार, माघ ३, २०७७  ११:५८
1140x725

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा कसरी १ हजार मेगावाट विद्युत खपत गर्न सकिन्छ र त्यसका लागि के कस्ता पूर्वाधारहरु बनाउन आवश्यक छन् भन्ने विषयमा अध्ययन गर्न एक कार्यदल गठन गर्ने तयारी गरेको छ। 

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यकाअनुसार निजी क्षेत्रसँग समन्वय गरेर औद्योगिक क्षेत्रको विद्युत माग बढाउने र त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि अध्ययन गर्न कार्यदल गठनको तयारी थालिएको हो। ‘अहिले प्राधिकरणले नेपाल उद्योग वाणिज्य महासंघसँग छलफल गरेर ठूलो मात्रामा विद्युत खपत हुने क्षेत्र खोजिरहेका छौं। औद्योगिक क्षेत्रमा कसरी विद्युत माग बढाउने भनेर वितरण तथा ग्राहक सेवामा एउटा कार्यदल (टास्कफोर्स) पनि बनाउने तयारी छ,’ उनले भने‚ ‘त्यो टास्कफोर्सले अब १ हजार मेगावाट विद्युत आन्तरिक बजारमा कसरी खपत गर्न सकिन्छ भनेर अध्ययन गर्नेछ।’

प्राधिकरणले गार्हस्थ्य क्षेत्रमा नभई औद्योगिक क्षेत्रमा थप विद्युत बजार खोज्न अध्ययन गर्न लागेको हो। ‘सिंगल फेजमा नभई थ्री फेजमा अर्थात् औद्योगिक क्षेत्रमा मात्रै त्यो परिमाणको विद्युत खपत कसरी गर्ने भनेर हामीले प्रारम्भिक चरणको अध्ययन थालिसकेका छौं‚’ शाक्यले नेपाल लाइभसँग भने‚ ‘कार्यदलको मुख्य जिम्मेवारी भनेको थ्री फेज मिटरहरु कहाँ–कहाँ आवश्यक छन् भनेर पहिचान गरी त्यहाँ विद्युत सेवा कसरी पुर्याउने भनेर अध्ययन गर्नु हो।’

Ncell 2
Ncell 2

अबको केही समयभित्रै ४५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना बनिसक्ने र निजी क्षेत्रबाट पनि विद्युत उत्पादन थपिने हुँदा प्राधिकरणलाई विद्युत लोड व्यवस्थापनमा चुनौती हुने देखिन्छ। मागको तुलनामा आपूर्ति बढी भएर विद्युत खेर जाने अवस्था आउन नदिन र आन्तरिक बजारमा नै खपत बढाउने गरी प्राधिकरणले त्यस्ता क्षेत्र पहिचान गर्न लागेको हो।  

गठन तयारीमा गरेको कार्यदलले औद्योगिक क्षेत्रमा पर्याप्त र भरपर्दो विद्युत उपलब्ध गराउन के कस्ता संरचना आवश्यक छन्? प्रशारणलाइन पुगे–नपुगेको र सबस्टेशन तथा टान्सफर्मरहरुको अवस्था कस्तो छ? भनी अध्ययन गर्नेछ। यी सबै विषयहरुको पहिचान पछि त्यसमा गर्नुपर्ने लगानीका लागि प्राधिकरणले सरकारलाई पहल गर्ने कार्यकारी निर्देशक शाक्य बताउँछन्। 

‘विद्युत माग बढाउन आवश्यक संरचना निर्माणका लागि हामीले सरकारसँग अनुरोध गर्छौं। त्यो रकम सरकारले दियो भने ठिक छ। सरकारले दिएन भने ऋण लिएर भएपनि हामी त्यसमा लगानी गर्छौं,’ शाक्यले भने‚ ‘ किनभने ऋण लिएर लगानी गरेपछि विद्युत बेचेर पनि हामी त्यो ऋण तिर्न सक्छौं। यसका लागि सरकारले पैसा दिन्छ भन्नेमा हामी आशावादी छौं। सरकारले दिएन भने पनि हामी आफैं खोज्छौं।’

पछिल्लो समय विद्युत चुहावटबाट हुने नोक्सानीबाट भन्दा उत्पादित विद्युत खपत नभएर हुने नोक्सानी बढ्दै जाने देखिएपछि प्राधिकरणले आन्तरिक बजार खोज्न थालेको हो। त्यस्तै बाह्य बजार खोज्ने र विद्युत निर्यात गर्ने विषयमा पनि प्राधिकरणले हरसम्भव प्रयास गरिरहेको शाक्यले बताए। 

केही समयपछि औद्योगिक क्षेत्रले मागेअनुसार विद्युत उपलब्ध गराउन प्राधिकरण सक्षम बन्ने पनि उनले बताए। ‘हामी विद्युत माग कसरी बढाउने भन्ने योजना बनाएर कार्यान्वयनमा लागिरहेका छौं। तर हामीले भन्दैमा माग तत्काल बढ्ने कुरा होइन,’ शाक्यले भने‚ ‘औद्योगिक क्षेत्रले पनि आफ्ना योजना बनाएर काम गरिरहेका हुन्छन्। जति पनि बिजुली पायो भन्दैमा उनीहरुले लिने कुरा पनि भएन। हामीले के सन्देश दिन खोजेका छौं भने, निजी क्षेत्रले चाहेजति विद्युत मागोस। हामी त्यो उपलब्ध गराउन हरसम्भव प्रयास गर्छौं।’

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभाको निर्वाचन सुरु
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो
तनहुँमा निर्वाचन प्रहरीका लागि पुनः दरखास्त माग
सम्बन्धित सामग्री
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । शुक्रबार, माघ ९, २०८२
सुनचाँदीको मूल्य घट्यो महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ ह... बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
राष्ट्रिय सभाको निर्वाचन सुरु आइतबार, माघ ११, २०८२
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो आइतबार, माघ ११, २०८२
तनहुँमा निर्वाचन प्रहरीका लागि पुनः दरखास्त माग आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान हुने आइतबार, माघ ११, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्