• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मुक्तिनाथ अधिकारीकी श्रीमतीको प्रश्न- मेरो पतिको हत्या किन र कसले गर्‍यो‚ सत्य कहिले जान्न पाउने?

64x64
नेपाल लाइभ शनिबार, माघ ३, २०७७  ०९:५९
1140x725

‘२०५८ माघ ३ गते विद्यालयमा मिटिङ्ग छ, छिट्टै जान्छु भनेर घरबाट निस्कनुभयो। भर्खरमात्र पाणिनी संस्कृत विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पाउनुभएको थियो। शिक्षक र विद्यार्थी आउनुअघि पुग्नुपर्ने हतारका बीच निस्कनुभएको थियो। हिँड्ने बेलामा उहाँले विद्यालयमा स्तरोन्नति गर्ने मिटिङ भएकाले बेलुका पनि अलि ढिला हुनसक्छ भन्नुभएको थियो। तर २ नबज्दै हामीले उहाँलाई माओवादीले अपहरण गरेको खवर पायौं। साँझपख त हामीले कल्पनै नगरेको खबर पत्याउन बाध्य भयौं............’  

यति भनिसक्दा १९ वर्षअघि विद्यालयबाट जबर्जस्ती निकालेर क्रुरतापूर्वक हत्या गरिएका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीकी श्रीमती इन्दिरा र छोरा सुमन अधिकारीको आँखाका डिल भरिइसकेका थिए। 

चन्दा दिन्न भनेको, संस्कृत शिक्षा पढाएको र माओवादीको पकड विस्तारको आशमा उनीहरुले निर्दोष शिक्षक अधिकारीको हत्या गरेका थिए। तर हत्यामा संलग्नहरू अहिलेसम्म सजायको घेरामा आउन सकेका छैनन्। 

हत्यामा संलग्नमाथि जाहेरी दर्ता भई अनुसन्धान हुनुपर्दछ भनी हालेको मुद्दामा छोरा सुमनले सर्वोच्चबाट अहिलेसम्म तारेख खेपिरहेका छन्।  

६ गाउँ विकास समिति रहेको लमजुङ्गको दुराडाँडा क्षेत्रमा त्यतिबेला माओवादीको प्रभाव थिएन। उनीहरू त्यहाँ संगठन निर्माणको जमर्को धेरै पहिलेदेखि गरिरहेका थिए। तत्कालीन समयमा संगठन विस्तारको एकमात्र हतियार गाउँमा त्रास सिर्जना गरेर आश देखाउने थियो। दुराडाँडामा प्रभावशाली व्यक्ति छानेर हत्या गर्ने र जनमानसमा त्रास मच्चाउने रणनीतिमा उनीहरु लागिरहेका थिए। उनीहरुकै भाषामा ‘तानाशाह वा सामन्तीको सफाया गर्दै जनसत्ता गठन गर्ने’ लक्ष्य मिल्न सकेको थिएन। 

माओवादीको त्रासका कारण कयौं शिक्षक, राजनीतिक तथा सामाजिक कार्यकर्ता गाउँबाट विस्थापित त भएका थिए तर संगठन विस्तार हुन सकेको थिएन। 

२०५८ भदौतिर  पाणिनी संस्कृत माविका तत्कालीन प्रधानाध्यापक नवकुमार अधिकारी विस्थापित भए। अब विद्यालयको प्रधानाध्यापकको कार्यभार मुक्तिनाथ अधिकारीको काँधमा आइपर्‍यो। उनी प्रधानाध्यापकसँगै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलका स्थानीय सम्पर्क व्यक्ति पनि थिए। २०५८ दशैंमा माओवादीहरू विद्यालयमा आएर सबै शिक्षकहरूको २५ प्रतिशत तलब जम्मा पारेर चन्दा दिन प्रधानाध्यापक अधिकारीलाई निर्देशन दिए। 

लगत्तै उनले विद्यालयको बैठक बोलाएर चन्दाको विषयमा माओवादीबाट आएको प्रस्ताव र चिठीबारे छलफल गराए। विद्यालयमा चन्दा नदिने सल्लाह भयो। दशैंको सप्तमीका दिन माओवादीहरू घरैमा आए, तर अधिकारीले विद्यालयमा बैठक बस्दा चन्दा दिन नसकिने निर्णय भएको र आफू त्यसभन्दा पर जान नसकिने जानकारी गराए।

Ncell 2
Ncell 2
nimb
nimb
No description available.
परिवारका साथ मुक्तिनाथ अधिकारी

सुमन सम्झन्छन्– बुबाले घरमै आएका माओवादीलाई विद्यालयका शिक्षकहरुको निर्णय सुनाउँदै चन्दा नदिने जानकारी गराएका थिए। ‘लगत्तै उनीहरुले आफूले मात्र भए पनि चन्दा दिन आग्रह गरे,’ सुमनले उक्त दिन सम्झँदै भने, ‘त्यसमा पनि बुबाले विद्यालयको सबै शिक्षकको खिलापमा आफू जान नसक्ने जवाफ दिनुभयो।’ 

चन्दा नपाउने भएपछि माओवादीले खाना खुवाउन प्रस्ताव गरे। उनीहरूको त्यो प्रस्ताव पनि अस्वीकार गरी घरको जहान बिरामी भएकाले सबै मिलेर पकाऊ र खाऊ भन्ने प्रस्ताव बुबाले राख्नुभएको सुमनलाई सम्झना छ। तर माओवादीहरुले यसैलाई निहुँ बनाए। यसको सजाय भोग्नुपर्ने चेतावनी दिएर उनीहरु उक्त दिन गए। 

२०५८ माघ ३ गते दिउँसो चन्द्रपाटातिरबाट १०–१२ नकाबधारी माओवादीहरू पाणिनी स्कुलतिर झरे। विद्यालयमा पुगेर ‘हेडसर खै ?’ भनेर सोधे। कार्यालयमा रहेका शिक्षकले ‘कक्षामा पढाइरहनुभएको छ’ भनेपछि त्यतै लागे र ‘भित्र आउन सक्छु’ भनेर सोधे। अधिकारीले ‘म कक्षा लिँदै छु, एकछिनमा सकिएपछि कुरा गरौंला नि’  भनेर जवाफ दिए। 

तर उनीहरू जबर्जस्ती कक्षाकोठामा पसे। शिक्षक अधिकारीको हात समातेर पछाडि डोरीले बाँधे। बल लगाएर बाहिर निकाले। विद्यार्थीहरू रुन थाले, होहल्ला सुरु भयो, अरू कक्षाका विद्यार्थी र शिक्षकसमेत जम्मा भए।  शिक्षक र विद्यार्थीले विरोध गरे।  शिक्षक र विद्यार्थीले घेरा हालेपछि माओवादीले ‘तपाईंहरूको सरलाई केही गर्दैनौं, केही कुरा गर्नु छ, एकछिन कुरा गरेर फर्काइदिन्छौ’ भनेर आश्वासन दिए।

आफ्नै घरनजिकैको ठाडो गल्लीबाट  शिक्षक मुक्तिनाथलाई चन्द्रपाटातिर लगियो। सर्वोदय माध्यमिक विद्यालयमा हाफछुट्टी थियो। ‘च्यानपाटामा पिङ हाल्ने स्थानमा अड्याएर यो डाडाँमा कारबाही गर्नुपर्ने ७ जना फटाहा छन्, यो पहिलो कारबाही हो भन्ने भाषण गरेका थिए रे‚’ सुमनले सम्झे‚ ‘गाउँको बीचमा नजिकैको रूखमा बाँधेर हत्या गर्न खोजे, विरोध भएपछि  बस्ती नभएको स्थानमा हिमालको सामुन्ने हात पछाडि डोरीले बाँधेको अवस्थामा गह्राको डिलमा रहेको उत्तीसको रूखमा आफैंले लगाएको गलबन्दीले घाँटी कसेर बाँधे। टाउकोमा गोली हाने, छाती र पेटमा चुपी धसेर हत्या गरेछन्।’ 

शिक्षक संघमा आबद्धता, तोकेअनुसार चन्दा नदिएको झोँक, संस्कृत पढाउन बन्द नगराएको तथा माओवादीको हिंसात्मक क्रियाकलापप्रति असहमति राखेको आरोपमा अधिकारीको हत्या गरिएको थियो। 

‘हामी त घरमै थियौं। एक्कासी विद्यालयबाट अपहरण गरेको कुरा हतारिँदै आएका एक विद्यार्थीले सुनाए। हामी पछि–पछि त  गयौं, तर हामी पुग्दा उहाँको क्रुरतापूर्वक हत्या गरिसकेका थिए,’ उक्त दिनको सम्झना गर्दै अधिकारीकी श्रीमतीले भनिन्‚ ‘लास हेर्न पनि डर लाग्ने थियो।’

No description available.
मुक्तिनाथ अधिकारीको घर।

उनीमाथि ठूलो बज्रपात भयो। चार सन्तानको जिम्मेवारी पनि थपियो, सँगै श्रीमानको न्याय माग्ने काम पनि। जेठी छोरीको भर्खर बिहे गरिएको थियो भने दुई छोरा एक छोरीको जिम्मेवारी अब उनकै काँधमा आइपरेको थियो। डेढ वर्षको उमेरमा आफैं टुहुरो भएका मुक्तिनाथ माओवादीबाट मारिएको घटनाले छोरा–छोरीलाई पनि टुहुरा बनायो। 

उतिबेला संकटकालको बडो असहज अवस्था थियो। राजनैतिक दलका कार्यकर्ता तथा शिक्षक आफ्नो थातथलोबाट विस्थापित भएका थिए। माओवादीको निसानामा परेपछि अधिकारी परिवारलाई पनि विस्थापित हुन सल्लाह दिइएको थियो तर उनी विद्यालय र आफू जन्मेको ठाउँ नछाड्ने अडानका कारण शिकार भए। 

चन्द्रपाटा दुराडाँडास्थित नेपाल बैंक लिमिटेड लुट्न आएका माओवादी कार्यकर्ताहरूलाई गाउँलेले समातेर कुटीकुटी मार्न खोज्दा अधिकारकर्मी मुक्तिनाथ अधिकारी एवं तत्कालीन गाविस अध्यक्ष ठाकुर तिवारीको अथक प्रयासले बचाएर प्रहरीको जिम्मा लगाइएको थियो।  

अधिकारी परिवारको न्याययात्रा बेसीशहरदेखि सर्वोच्चसम्म 
अधिकारी परिवारको न्यायको यात्रा अनन्तकालसम्म नटुङ्गिने यात्रा झैं भएको छ। २०५८ माघमै  जिल्ला प्रहरी कार्यालय बेँसीसहरमा श्रीमती इन्दिरा अधिकारीले घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई दण्ड र पीडित परिवारलाई न्याय दिन माग गर्दै जाहेरी दिइन्। त्यसपछि सुरु भएको न्याययात्रा टुंगिएको छैन। यो वर्ष अधिकारीको १८ औं वार्षिक स्मृति हो।

सर्वोच्च अदालतमा घटनाको अनुसन्धान माग गर्दै दायर भएको निवेदन पनि वर्षौंदेखि तारेख लिनेमा सीमित भएको छ। जिल्ला प्रहरी कार्यालयले उक्त जाहेरीउपर कुनै कारबाही अगाडि बढाएन। माओवादीहरु झन शक्तिशाली भएपछि यो घटनाबारे छानबिन अगाडि बढाउनेभन्दा लुकाउनतिर राज्यसंयन्त्र केन्द्रित भयो।

मुक्तिनाथकी श्रीमतीले हिम्मत हारिनन्। फेरि दोस्रो जाहेरी दिइन्। १२ जना माओवादी कार्यकर्ताविरुद्ध इन्दिरा अधिकारीले २०६७ चैत २४ गते जिल्ला प्रहरी कार्यालय बेँसीसहरमा पुरक किटानी जाहेरी दिइन्।

मुक्तिनाथ अधिकारीकी श्रीमती इन्दिरा अधिकारी।

उनले आफ्नो पतिको हत्यामा लमजुङ जिल्ला तत्कालीन इशानेश्वर गाविस ४ बस्ने प्रभु भन्ने साधुराम घिमिरे, सातधारे गाविस ५ बस्ने दवेन्द्र पौडेल, कास्की जिल्ला मिजुरे ५ का धुव्र अधिकारी लगायतका १२ जनाको संलग्नता रहेकाले कारबाही हुनुपर्ने माग गरिन्।  ‘तर मैले नाम तोकेर दिएको यो किटानी जाहेरीमा वषौँसम्म प्रहरी कार्यालयले झुलायोमात्र, कुनै अनुसन्धान गरेन‚’ उनी सम्झन्छन्, ‘चुप लागेर अन्याय सहन नसकेपछि मैले फेरि मानव अधिकार आयोगमा २०६७ सालमा निवेदन दिएँ।’

इन्दिराको निवेदनपछि आयोगले अनुसन्धान गर्दै किटानी जाहेरीमा उल्लेख भएका व्यक्तिमाथि मुद्दा चलाउन २०६९ सालमा सरकारलाई सिफारिस गरेको थियो। आयोगले अनुसन्धानबाट युद्धमा संलग्न नभएको एवं निःशस्त्र व्यक्ति मुक्तिनाथ अधिकारीलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेको पाइएकाले घटनामा संलग्न कार्यकर्ताको पहिचान गरी मुलुकी ऐन ज्यानसम्बन्धी महल बमोजिम कानुनी कारबाही गर्न सिफारिस गर्‍यो। 

आयोगले मृतकका हकवालालाई तीन लाख रुपैयाँ क्षतिपूर्ति रकम दिन निर्देशन दियो पनि। 

हत्या आरोपीहरू उल्लेख गरिएको किटानी निवेदनउपर आयोगले घटना गराउन को, कति जिम्मेवार छ, सत्यतथ्य अनुसन्धान एवं दोषी किटान गरी सरकारलाई अभियोजनका लागि सिफारिस गर्न भन्यो। ‘आयोगले गरेको अनुसन्धानले सबैमाथि मुद्दा चलाउन भनेको भए केही हुन्थ्यो कि‚’ इन्दिराले सम्झिइन्‚ ‘तर आयोगले पनि फितलो अनुसन्धान गरेर सिफारिस गर्दा सरकारले खेल्ने बाटो पायो।’ 

No description available.
मुक्तिनाथ अधिकारी र उनकी पत्नी इन्दिरा अधिकारी।

आयोगको यही सिफारिस र प्रहरी कार्यालयले अनुसन्धान नगरेपछि त्यसविरुद्ध उनीहरु सर्वोच्च अदालत पुगे। सर्वोच्च अदालतमा मुद्दा फैसला हुन सकेको छैन। सर्वोच्चले जवाफ माग्दा अनुसन्धान भइरहेको जवाफ प्रहरी कार्यालय लमजुङ्गले दिने गरेको तर हालसम्म कसैलाई पनि पक्राउ गरी बयान नलिएको इन्दिराको दुःखेसो छ। 

‘हाम्रा लागि न्याय कहिल्यै पनि आएन, १८ वर्षसम्म यही भन्दै र सुन्दै आएका छौं‚’ उनले भनिन्‚ ‘मेरा पतिलाई के अपराधमा र कसले मारेको हो मैले कहिल्यै जान्न पाउँदिन?’ उमेरले ७० काटेकी उनले आफू बाँच्दासम्म पतिको हत्यारालाई सजाय गरेको देख्न पाउने आश बिस्तारै सेलाएको बताइन्। ‘१८ वर्षसम्म त यस्तैगरी पन्छाइरहे, तर अब के न्याय देलान् र?’ इन्दिराले सम्झिइन्, ‘खै अब कुन निकायमा जानुपर्ने हो, म त पढेको छैन, जान्दिनँ।’ 

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  ०९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्