• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यसैगरी भइरहने हो प्रधानमन्त्री कप?

ऋग्वेद शर्मा/सरोज तामाङ बिहीबार, माघ १, २०७७  १९:००
1140x725

काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरू हुँदैछ। १७ गतेसम्म त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारीले ‘गर्नका लागि गरिने’ प्रतियोगिताकै झलक दिइरहेको छ। 

शुक्रबारबाट प्रधानमन्त्री कप त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेल हुँदै सुरु हुनेछ। त्यसको दुई दिनपछि माघ ४ गतेबाट माथिल्लो मूलपानी क्रिकेट मैदानमा समेत खेल हुनेछ।

प्रधानमन्त्री कप नेपाली क्रिकेटको खेलाडी उत्पादन गर्ने थलो हो। तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै कार्यक्रम र नेपाल क्रिकेट संघ क्यानको आयोजना त्यसका लागि स्पष्ट खाकामा देखिँदैन। 

१६ दिनसम्म चल्ने प्रतियोगिताको १४ खेल त्रिवि क्रिकेट मैदानमा र ९ खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ। त्रिवि क्रिकेट मैदान नेपाली क्रिकेटको एक मात्र मैदान बनिरहँदा त्यसैको विकल्पका रुपमा अगाडि सारिएको मूलपानी मैदान भने कहिल्यै नसकिने योजना जस्तो देखिएको छ। अझै पनि त्यहाँ भौतिक पूर्वाधार मात्रै होइन विकेट पनि स्तरीय छैन। सेमिफाइनल र फाइनलका खेलहरु त्रिवि मैदानमा मात्र गराउनुले पनि मूलपानी मैदानको हालत बुझ्न सकिन्छ। 

त्रिवि मैदानकै पिचमा माटो परिवर्तनको विषय उठिरहेको समयमा मूलपानीमा विकल्पको माथिल्लो मैदान कामचलाउ मात्र हो। फास्ट बलरका लागि पिच उपयुक्त नभएको र बलमा अनावश्यक स्वीङ हुने गरेको यसअघि पनि खेलाडीले बताइरहेका थिए। प्रधानमन्त्री कपका खेल हुने मूलपानीको माथिल्लो मैदानमा बिहीबार चार जना कामदार पिचमा रोलर चलाइरहेका थिए। उनीहरूसँगै क्युरेटर अजय पाण्डे थिए। थप चार जना ‘साइट स्क्रिन’को लागि कालो कपडा बाँध्न फलामको खम्बा गाडिरहेका थिए। 

मूलपानी मैदानमा तीन वटा पिच तयार गरिँदैछ। दुई वटा पिच भने खेल्नलायक भइसकेको क्युरेटर पाण्डेको दाबी छ। फुंग उडेको मैदान। मरिसकेको दुबो। मैदानको असमान सतह जस्ता कुरा नेपाली क्रिकेटमा प्रश्न गर्न नमिल्ने विषय जस्तो मानिन्छ। जहाँ खेल हुनु नै सबैथोक हो भन्ने छाप पार्न क्यान लागिपर्छ तर आवश्यक तयारी कहिल्यै गर्दैन। 

Ncell 2
Ncell 2
nimb
nimb

रोकिँदै बढ्दै
२०६१ सालमा तत्कालिन क्यानको प्रस्तावमा सरकारले मूलपानीमा दुई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने गरी योजना बनाएको थियो। २०६२ सालमा माथिल्लो मैदानको निर्माण सुरु भएको थियो। जसमा २०६४ सालमा क्यानले पाकिस्तानी क्यूरेटर ल्याएर पिच बनायो। तर त्यही पिचमा नियमित हुनुपर्ने रेखदेख राम्ररी भएको पाइँदैन। 

मैदान सम्याएको छ वर्षसम्म यसै बसेको मैदानमा २०६८ सालमा आइसिसीको सहयोग र सरकारको लगानीमा चार करोड रुपैयाँमा मैदानको पश्चिम भागमा पेविलियन बनाइयो। २०७० सालमा टंक आङबुहाङ नेतृत्वको क्यान कार्यसमितिविरुद्ध मूलपानी मैदानमा काम नगरी पैसा खाएको उजुरी परेपछि निर्माण प्रक्रिया थप ढिलो भएको थियो। 

२०७३ सालको असोजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेलसहितका क्रिकेटर र क्रिकेट संघका तत्कालीन प्रमुख कार्यसञ्चालन अधिकृत छुम्वी लामाको पहलमा तत्कालिन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलाई मैदान निर्माणको माग गरेर ज्ञापनपत्र बुझाएका थिए।

Xtrem

Xtrem

त्यही साल चैतमा राखेपले थप १६ लाख ४० हजार रुपैयाँ बजेट छुट्याएर क्रिकेट मैदान निर्माणको काम अघि बढेको थियो। त्यसबाट मैदान तयार भएपछि २०७४ कात्तिक २५ मा राष्ट्रिय टिम र राष्ट्रिय टिमका पूर्वखेलाडी बीच मैत्रीपूर्ण खेल पनि भएको थियो। २०७५ साल जेठमा प्रधानमन्त्री कप क्रिकेट माथिल्लो मैदानमा नै खाल्डाखुल्डीकै बीच गराइएको थियो। 

२०७६ जेठमा राखेपमा सदस्यसचिव थिए, केशवकुमार विष्ट। त्यो बेला क्यान आइसिसीको निलम्बनमा थियो। प्रधानमन्त्री कपका बेला बर्हिगमन नजिक रहेका तत्कालिन सदस्यसचिव विष्ट आलोचित बने। आफ्नै कार्यकालमा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनेको सन्देश दिन उनले प्रधानमन्त्री कप म्याट ओछ्याएर खेलाए। त्यसपछि सुरु भयो उनको आलोचना। मैदानभित्रै रहेको दुई वटा घर, म्याटमा प्रतियोगिता। यस्तो हरिविजोग देख्दा सदस्यसचिव विष्टको आलोचना हुनु स्वभाविक थियो।

राष्ट्रिय टिमका खेलाडीले मुख टालेरै खेले। बोलेर के गर्नु? क्यान नै निम्लबनमा। सबै समस्या र कठिनाइलाई खेलाडीले भूलेर खेले। तर फेरि त्यस्तै, हविगत हुँदैछ प्रतियोगिताको। त्यस्तै, हरिविजोग भएको मैदानमा हुँदैछ प्रतियोगिता। तल्लो मैदान अझै कहिले बनिसक्ने हो थाहा छैन, माथिल्लो मैदान कामचलाउ स्थितिमै छ। 

चोटको चिन्ता
क्यानको लापारबाहीको कारण प्रतियोगिताका खेल मूलपानीमा खेलाउँदा खेलाडीमा चोटको समस्या पर्ने डर बढी छ। तर यसबारे क्यानले केही सोचेको छैन। क्यानलाई जसरी भए पनि प्रतियोगिता गर्नु छ। सरकारको काम र खेल भयो भन्नेमा आइसिसीको विश्वास जित्नेबाहेक अरु उद्देश्य देखिँदैन। तर क्यानको बेढंगको तयारीले हुनसक्ने हानी बुझेको छैन। 

राष्ट्रिय स्तरका खेलाडीले खेल्न लायकको मैदान पक्कै पनि मूलपानी बनिसकेको छैन। मैदानमा बाउन्ड्री लाइन पनि सानो छ भने बाउन्ड्रीभित्रै खाल्डा खुल्डी उत्तिकै छ। जसले खेलाडी फिल्डिङकै क्रममा घाइते हुने सम्भावना बढ्नेछ। 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री कप नै कामचलाउआइतबार, पुस १९, २०७७

यस्तो मैदानमा कसरी खेल्नु हुन्छ? भन्ने जिज्ञाशामा व्यंग्यात्मक शैलीमा एक क्रिकेटर भन्छन्- ‘कसरी खेल्नु नि, उताबाट बल फाल्ने यताबाट ब्याट चलाउने।’ 

एकदिवसीय मान्यता अघि बढाएर नेपाली क्रिकेट माथि उठाउने जिम्मेवारीमा रहेको क्यानले प्रधानमन्त्रीको नाममा गरिरहेको प्रतियोगिता आलोचित हुने बाटो मात्र बन्दा पनि अझै सोचेको देखिँदैन। यसअघिका प्रतियोगिताबाट पाठ नसिक्नु नै क्यानको गैरजिम्मेवारी हो। 

फ्रेन्चाइज क्रिकेटका प्रतियोगिता हुँदाको नेपाली क्रिकेट मैदान र सुविधा, राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्दा क्यानले दिन किन सक्दैन? निलम्बन फुकुवा भएको पनि १६ महिना नाघ्न लाग्यो। यो अवधिमा क्यानले प्रधानमन्त्री कप आयोजना गर्न डटेर लागेको देखिँदैन।

अझ अचम्मको कुरा त,  क्यानका सबै बोर्ड सदस्यहरुलाई नै प्रधानमन्त्री कप माघ २ गतेदेखि सुरु हुँदै छ भन्ने राम्रो जानकारीसमेत छैन। त्रिवि क्रिकेट मैदानमा शुक्रबार बिहान ८ः३० बजे प्रधानमन्त्री कपको उद्घाटन खेलकुदमन्त्री दावा लामाले गर्दैछन् भन्ने जानकारी आएपछि प्रतियोगिताबारे क्यानका धेरै सदस्यले थाहा पाए। 

यो पनि पढ्नुहोस्

‘काकाकुल’ क्रिकेटरशनिबार, पुस २५, २०७७

यसले क्यानमा अहिले कामको बाँडफाँड जिम्मेवारीमा एकता छैन भन्ने कुरा प्रष्ट हुन्छ। क्यानका नेतृत्वकर्ता नेपाली क्रिकेटको विकास गर्न चुनाव जितेर आएका होइनन् कि भन्ने प्रश्नसमेत यसैले उठाएको छ। 

पुसमा दाङ लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप महिला टी ट्वान्टी क्रिकेट पनि गर्नका लागि गरेको स्थितिमा नै सकियो। खेल नभइरहेको अहिलेको अवस्थामा खेल हुनु नै ठूलो कुरा हो भनेर ब्याख्या गरियो तर प्रतियोगिताको उपयुक्त तयारी र सुविधामा ध्यान दिइएन। अहिले फेरि त्यही अवस्था पुरुष क्रिकेटमा दोहोरिँदैछ।  

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्