• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
‘काकाकुल’ क्रिकेटर
64x64
सराेज तामाङ शनिबार, पुस २५, २०७७  ०७:०५
1140x725

काठमाडौं- ‘जहाँ श्रमको उचित मूल्य हुन्छ, त्यहाँ श्रमिक मर्दैनन्।’ तर श्रमको मूल्यका लागि पनि लामो समय पर्खिरहनु र ताकेता गरिरहनु परे कस्तो होला? नेपाली क्रिकेटमा अहिलेको अवस्था यस्तै छ। 

खेलाडीको प्रदर्शन राम्रो हुन र प्रतिभावान खेलाडी उत्पादन हुन उनीहरुको पारिश्रमिकले ठूलो भूमिका खेल्छ। राम्रो नतिजा ल्याएर प्रगति गरिरहेका जुनसुकै देशका खेलाडीलाई हेर्दा पनि त्यसमा जोडिने विषय हो उनीहरुले कति पाइरहेका छन्? 

अहिले नेपाली राष्ट्रिय पुरुष टिम त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बन्द प्रशिक्षणमा छन्। राष्ट्रिय महिला खेलाडी केही दिनअघि दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप टी ट्वान्टी प्रतियोगिता खेलेर फर्किएका छन्। तर यतिबेला नेपाली क्रिकेटर ‘काकाकुल’ देखिन्छन्। 

गत कात्तिक २२ गते नेपाल क्रिकेट संघ (क्यान) ले पुरानो निर्णय सच्याउँदै खेलाडी वर्गीकरण गर्‍यो। २०२० को जनवरीदेखि जुनसम्म ६ महिनाका लागि खेलाडी वर्गीकरण गरेको थियो। तर अहिले एक वर्ष भन्दा बढी समय भइसकेको छ, खेलाडीले तलब पाएका छैनन्।

त्यो बेला क्यानले पुरुषतर्फ २० र महिलातर्फ २२ जना गरी क्रिकेट खेलाडीलाई ‘सेन्ट्रल कन्ट्रयाक’मा राखेको थियो। खेलाडी वर्गीकरणमा विवाद भएपछि कोरोना भाइरसलाई मुख्य कारण देखाउँदै क्यानले ६ महिनाको लागि मात्रै खेलाडीको वर्गीकरण गरेको उल्लेख गरेको थियो। श्रेणी ‘ए’ मा पर्ने खेलाडीलाई ५० हजार श्रेणी ‘बी’ मा पर्ने खेलाडीलाई ४० र श्रेणी ‘सी’ का खेलाडीलाई ३० हजार मासिक पारिश्रमिक दिने क्यानको निर्णय थियो।

त्यस्तै, पहिलो पटक महिला खेलाडीलाई वर्गीकरण गर्दै क्यानले मासिक पारिश्रमिक दिने निर्णय गरेको थियो। महिला खेलाडीहरुलाई पनि २०२० जनवरीदेखि ६ महिनाको लागि क्यानले कन्ट्रयाकमा राखेको थियो। श्रेणी ‘ए’ मा पर्ने महिला खेलाडीले १५ हजार, ‘बी श्रेणीकाले १२ र ‘सी’ मा पर्नेले १० हजार तलब पाउने क्यानको निर्णय थियो। पुरुष खेलाडीको तुलनामा महिला खेलाडीलाई विभेद भएको भए पनि ‘पहिलोपटक तलब दिइएको’ भन्दै त्यसलाई छोपियो। 

पुरुषतर्फ मात्रै यो एक वर्षको तलब क्यानले ९९ लाख ६० हजार रुपैयाँ दिनुपर्ने देखिन्छ। त्यस्तै, महिलातर्फ कुल ३१ लाख ५६ हजार रुपैयाँ खेलाडीलाई तलब दिनु पर्छ।

क्रिकेट खेलाडीले मात्रै होइन ग्राउन्ड स्टाफ र क्यानका कर्मचारीले पनि लामो समयदेखि तलब पाएका छैनन्। विनातलब काम गरिरहनु परेको मैदानमा काम गर्ने कर्मचारी बताउँछन्। क्यानका अनुसार अहिले ३१ जना ग्राउन्ड स्टाफ र कर्मचारी छन्।

खेलाडीले लामो समयसम्म तलब नपाउँदा उनीहरुमा समस्या बढिरहेको छ। खेलेर के हुन्छ? के गरिस्? भन्नेहरुका लागि समयमै तलब नआउँदा खेलाडीले बोल्ने बाटोसमेत बन्द हुने गरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘क्यानले बनाएको नयाँ वर्गीकरणको तलब पाएका छैनौँ। तलब नपाएको त ठ्याक्कै एक वर्ष नाघ्यो। क्यानलाई सोध्यो आइसिसीले पठाएको छैन भन्ने जवाफ आउँछ। कोरोनाको कारण भन्दै ढिलो गरिरहेको होला।’

क्यान निलम्बन फुकुवा भएको पनि १५ महिना नाघ्न आँट्यो। २०७६ को असोज २७ गते सशर्त फुकुवा भएको क्यानले राम्रो काम गर्नेछ, नेपाली क्रिकेटको ह्वातै माहोल बढ्नेछ र रोकिएका र नभएका क्रिकेट गतिविधि धमाधम हुनेछ, क्यानको नयाँ कार्यसमितिले सहि गन्तब्यमा नेपाली क्रिकेटलाई पुर्याउने छ भन्ने सबैको आशा थियो। तर यो गलत सावित भयो। पछिल्लो समयमा क्यानले गरेको काममा विवाद मात्रै सिर्जना भइरहेको देखिन्छ।

क्यान ब्युँतिएको १५ महिना भइसक्दा पनि क्रिकेट खेलाडीले तलब नियमित पाउन सकेका छैनन्। अझै क्यान लाचार भएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निर्णय कुरेर बस्नु परेको छ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले आइसिसी आफ्नै तालिकामा व्यस्त हुँदा ढिलो भएको तर्क गर्छन्। उनले भने, ‘आइसिसीको पनि निर्वाचन थियो। नयाँ वर्ष थियो। क्रिसमस थियो। ६–७ महिनादेखि उनीहरु पनि व्यस्त थिए। सबै मागहरु गइसकेको छ। खै अब कहिले पठाउला।’

२०२० मा वर्गीकरणमा परेका खेलाडी

पुरुषतर्फ
‘ए’ श्रेणीः ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, शरद भेषवाकर, वसन्त रेग्मी, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सोमपाल कामी

‘बी’ श्रेणीः आरिफ सेख, पवन सराफ, सुसन भारी, अविनाश बोहरा र ललितनारायण राजवंशी

‘सी’ श्रेणीः सुभाष खकुरेल, सन्दीप जोहरा, रोहितकुमार पौडेल, कुशल मल्ल, रसिद खान र कमलसिंह ऐरी

महिलातर्फ
‘ए’ श्रेणीः रुविना क्षेत्री, नेरी थापा, सीता रानामगर, इन्दु बर्मा र करुणा भण्डारी

‘बी’ श्रेणीः ज्योति पाण्डे, रोमा थापा, अप्सरी वेगम, विन्दु रावल, कविता जोशी, रितु कजौनिया, काजल श्रेष्ठ, सरिता मगर र सरस्वती चौधरी

‘सी’ श्रेणीः कविता कुँवर, अनुराधा चौधरी, डोली भट्ट, ममता चौधरी, सोनु खड्का, अन्जली चन्द, सोभा आले र सुमन खतिवडा

मारमा परेका खेलाडी
‘साँढेको जुधाई बाच्छाको मिचाई’ नै भए नेपाली क्रिकेटर। क्यानकै व्यक्तिहरुको आफ्नो स्वार्थ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हस्तक्षेपको परिणाम आइसिसीले २०७३ बैशाख १३ गते क्यानलाई निलम्बन गर्यो।

यसपछि नेपाली खेलाडी अभिभावकविहीन बने। घरेलु प्रतियोगिता मरेर गयो। कति खेलाडी अन्त्यै पलायन भएर गए। नेपाली क्रिकेटलाई आइसिसीले प्रत्यक्ष निगरानी गर्दै गयो।

२०२० नोभेम्बर १० मा सन् २०१९ को तलब खेलाडीको खातामा गएको थियो। क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई एक वर्षदेखि रोकिएको रकम दिएको थियो। आइसिसीबाट रकम आएसँगै खेलाडीले एक वर्षको तलब एकमुष्ट बुझेका थिए।

क्यानले राष्ट्रिय टिममा रहेका खेलाडीलाई वर्गीकरण सम्झौता भन्दा मासिक १० हजार रुपैयाँ बढी रकम पठाएको थियो। त्यो बेला ए श्रेणीका खेलाडीले ४५ हजार, बी श्रेणीका खेलाडीले ३५ हजार र सी श्रेणीका खेलाडीले मासिक २५ हजार रुपैयाँको दरले तलब पाएका थिए। एकमुस्ट आउँदा ए श्रेणीका खेलाडीले ५ लाख ४० हजार, बी श्रेणीका खेलाडीले ४ लाख २० हजार र सी श्रेणीका खेलाडीले ३ लाख रुपैयाँ जनही पाएका थिए।

२०१९ खेलाडी वर्गीकरण

ए श्रेणीः पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी

बी श्रेणीः आरिफ शेख, बसन्त रेग्मी, अभिनाश बोहोरा, पवन सर्राफ, रोहित पौडेल, सन्दिप जोरा, सुसन भारी, ललित नारायण राजवंशी

सी श्रेणीः रसिद खान, इशान पाण्डे, राजु रिजाल, प्रदिप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल 

दुई वर्षपछि तलब
क्यान निलम्बनकै बेला राखेपले आइसिसीसँग प्रत्यक्ष समन्वयन गरि खेलाडीलाई तलब वितरण गरेको थियो।

लामो समयदेखि खेलाडीले तलब नपाएपछि आइसिसीसँग समन्वयन गरी २०१७ र २०१८ को तलब राखेपले २०१९ को फेब्रुअरीमा दिएको थियो। त्यो बेला आइसिसीले दुई वर्षको तलब २१ खेलाडीलाई पठाउँदा प्रशिक्षक जगत टमाटा र व्यवस्थापक रमन शिवाकोटीका लागि पनि तलब थियो।

त्यो बेला क्यान नभएपछि नयाँ वर्गीकरण तत्कालिन राष्ट्रिय टिमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक जगत टमाटाले गरेका थिए। २१ खेलाडी रहेको वर्गीकरण राखेपमार्फत आइसिसीसामु पुगेको थियो। त्यो बेला वर्गीकरणको श्रेणी ए का खेलाडीहरुले मासिक ३५ हजार, श्रेणी बी का खेलाडीले २५ हजार र सी श्रेणीमा पर्ने खेलाडीले मासिक १५ हजार रुपैयाँ पाएका थिए।

२०१७-०१८ को वर्गीकरणमा परेका खेलाडी

ए श्रेणीः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी

बी श्रेणीः आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, शक्ति गौचन

सी श्रेणीः सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनील धमला, सुशन भारी, प्रदीप ऐरी, विनोद भण्डारी
 

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ९५ जनाको मृत्यु, सयौँ घाइते मंगलबार, असार १७, २०८२
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा मंगलबार, असार १७, २०८२
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह मंगलबार, असार १७, २०८२
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते मंगलबार, असार १७, २०८२
इजरायलसँगको युद्धमा इरानमा कम्तीमा ९३५ जनाको मृत्यु भएको पुष्टी मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा सोमबार, असार १६, २०८२
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा,एक लाख जरिवाना वा पाँच वर्ष कैद सजायको माग सोमबार, असार १६, २०८२
यस्तो छ मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित) सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्