• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रधानमन्त्री कप नै कामचलाउ

64x64
ऋग्वेद शर्मा आइतबार, पुस १९, २०७७  १९:३४
1140x725

काठमाडौं- खेलविहीन भएर बस्नुपरेका खेलाडी मैदान जान पाए। केही उत्साह र केही अभ्याससहित वर्षमा एकपटक हुने प्रतियोगितामा सरिक हुन पाए। नयाँ टिमले उपाधि उचाल्दै थप सम्भावना देखायो। तर महिला खेलाडीले नेपाली क्रिकेटमा देखाएको सम्भावना यत्तिमा सीमित हुनुपर्ने खालको होइन। 

सन् २००७ मा अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु गरेको नेपाली महिला क्रिकेटमा अहिलेसम्म निकै भइसक्नु पर्ने हो। तर धुलाम्मे मैदानमा वर्षमा एउटा प्रतियोगिता खेलेरै खुसी हुनुपर्ने अवस्था आइपरेको छ। हुन पनि पहिलो पटक नै मलेसियामा आयोजना भएको एसिसी महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको नेपाली महिला क्रिकेट अहिले प्रतियोगिता कुरेरै बसिरहनुपर्ने बाध्यतामा छ। 

सन् २००८ मा एसिसी यु १९ महिला च्याम्पियनसिपमा जितेको उपाधि, २०१० मा एसिसी यु १९ महिला च्याम्पियनसिपमा दोस्रो उपाधि, २०१२ मा एसिसी यु १९ महिला च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक जस्ता प्रदर्शन नेपाली महिला क्रिकेटमा देखिएको सम्भावना थियो। 

सन् २००९ मा एसिसी महिला टी २०, २०१०-११ को एसियाली खेलकुदको महिला क्रिकेट, २०११ मा एसिसी महिला टी २०, २०१२ को महिला एसिया कप, २०१४ को एसियाली खेलकुद, २०१६ को महिला विश्वकप एसियाली छनोट र महिला एसिया कप हुँदै बढेको नेपाली महिला क्रिकेट समय बितेसँगै अझ कमजोर देखिँदै गएको छ।

दाङ लमहीस्थित देउखुरी क्रिकेट मैदानमा आइतबार प्रधानमन्त्री कप टी ट्वान्टी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सकियो। फाइनलमा एपिएफलाई ६ रनले हराउँदै प्रदेश नम्बर १ ले उपाधि जित्यो। सात प्रदेश र एपिएफसहित ८ टिम सहभागी प्रतियोगितामा हेर्नलायक प्रतिस्पर्धात्मक खेल फाइनल मात्र रह्यो। 

प्रतियोगिता कर्णाली प्रदेश र गण्डकी प्रदेशले एक खेल पनि जितेनन्। वागमती प्रदेश र प्रदेश नम्बर २ ले एक-एक खेल जिते। सेमिफाइनलमा पुगेका सुदूरपश्चिम प्रदेश एपिएफसँग ९ विकेटले पराजित भएको थियो भने प्रदेश नम्बर १ सँग लुम्बिनी प्रदेश १० विकेटले पराजित भएको थियो।  

प्रतियोगितामा तीन खेलमा कर्णाली प्रदेशले बलिङमा अतिरिक्त १२४ रन खर्चियो। जहाँ ब्याटिङबाट कर्णालीले बनाएको ८७ रन मात्र हो। त्यसमा पनि कर्णालीले ३३ रन अतिरिक्त पाएको थियो। कर्णाली एपिएफसँग २०४ रनले, लुम्बिनीसँग ९ विकेटले र प्रदेश नम्बर २ सँग १४३ रनले पराजित भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

कर्णालीको जस्तै अवस्था गण्डकीको पनि देखियो। प्रदेश नम्बर १ सँग १४० रनले हारेको गण्डकी प्रदेश वागमतीसँग ६५ रनले साथै सुदूरपश्चिमसँग ५९ रनले पराजित भयो। प्रदेश नम्बर १ सँगको खेलमा गण्डकीको पूरै टिम ७ रनमा अलआउट भएको थियो। जहाँ ९ खेलाडी रनविहीन हुँदा ३ रन अतिरिक्त पाएको थियो। 

गण्डकीलाई हराउको वागमती र कर्णालीलाई हराएको प्रदेश नम्बर २ को अवस्था पनि सोचेअनुरुप देखिएन। सेमिफाइनलमा पुगे पनि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश फाइनल खेलेका एपिएफ र प्रदेश नम्बर १ सँग निरीह नै देखिए। खेलमा ठूलो अन्तरको हारजितलाई लिएर सबै विषय अनुमान गर्न नसकिए पनि क्रिकेटमा लाग्न चाहने महिला खेलाडीको गुणात्मक संख्या र अवस्था भने देखिन्छ। 

प्रतियोगिता भएको दाङ लमहीस्थित देउखुरी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान भनिए पनि अहिले मैदानको अवस्था उति राम्रो थिएन। थोरै समयमा मात्रै तयार पार्नुपर्ने चुनौती मैदानमा पनि थियो। यति हुँदाहुँदै पनि केही विषयमा सुधार गर्न सके ८० मिटर भन्दा ठूलो मैदानले नेपाली क्रिकेटलाई फाइदा गर्ने नै छ।   

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसमाथि अहिले नेपाल क्रिकेट संघ (क्यान) ले बनाएको खेल तालिकामा प्रत्येक टिमले समूह चरणमा दिन नबिराई खेल खेल्नुपर्ने बाध्यता थियो। दुई समूहमा विभाजन गरेर गरिएको समूह चरणका खेलमा पहिलो समूहको सबै खेल सकिएपछि मात्रै दोस्रो समूहका खेलहरु पनि लगातार गरिएको थियो। लगातार खेलिरहनु क्रिकेटमा लामो समय बिताइसकेकालाई पनि सहज विषय होइन। 

अर्कोतर्फ बिहानी समयमा सुरु भएको खेल मैदानमा हुस्सका कारण पूरा ओभर हुनै मुस्किल देखियो। जसमा चार खेल त पूरा २० ओभर हुन पाएन। दुई खेल १६/१६ ओभर, एक खेल ११ ओभर र एक खेल १३ ओभरमा झारेर खेलाइयो। यी परिस्थितिले पनि आफूहरुलाई मुस्किल नै भएको वागमती प्रदेशका प्रशिक्षक सामसुङ जंग थापा बताउँछन्।

‘पुस महिनामा हुस्सु लागेर डम्म हुने मैदानमा बिहान खेल हुन त मुस्किल नै हो। माघ महिनापछि गरेको भए राम्रो हुने थियो कि जस्तो पनि लाग्छ’, प्रशिक्षक थापा भन्छन्, ‘क्रिकेट हुनु त राम्रो विषय हुँदै हो तर ओभर घटाएर कठीन भयो।’

यस्ता प्रतियोगिताले महिला क्रिकेटमा आश देखिएको तर उनीहरुलाई खेलमा नै लागिरहने वातावरण नदेखिएको प्रशिक्षक थापाले बताए। उनी भन्छन् ‘प्रत्येक प्रदेशबाट केही खेलाडीले प्रतिभा देखाउने मौका पाएका छन्। त्यो राम्रो पक्ष भयो। तर महिला क्रिकेटमा नयाँ खेलाडी धेरै आएका छैनन्। वागमती प्रदेशकै पनि अवस्था राम्रो छैन। धेरै जिल्लामा महिला क्रिकेट नै छैन।’

४० जना खेलाडीको क्याम्प चितवनमा राखेर वागमतीले टिम छनोट गरेको थियो। जसमा काठमाडौंबाट १०, चितवनबाट ३ र मकवानपुरबाट १ खेलाडी प्रतियोगिता खेल्न छानिए। ‘थोरैको संख्यामा खेलाडी हुँदा सोचेजस्तो नै त हुँदैन। अरु प्रदेशमा पनि अवस्था उस्तै हो। त्यसमाथि हरेक दिन खेलिरहन गाह्रो नै हुन्छ। विस्तारै प्रतियोगिताको अवस्था सुधार हुँदै जाला’ प्रशिक्षक थापाले भने। 

गण्डकी प्रदेशका प्रशिक्षक गोविन्द प्रधान अहिलेको अवस्थामा क्रिकेट हुनु नै राम्रो भएको बताउँछन्। ‘धेरै अपेक्षा नराखौँ, विस्तारै राम्रो हुँदै जाला, क्यान फर्किएपछिको अवस्थामा वार्षिक क्यालेन्डरमा पनि सुधार होला, वर्षमा एउटा मात्र प्रतियोगिता हुने महिला क्रिकेटमा त्यही अवस्था मात्र नहोला’ प्रशिक्षक प्रधानले भने। 

टिम बनाउने अप्ठ्यारो भने गण्डकी प्रदेशका लागि पनि उस्तै नै रह्यो। ‘तीन-चार दिनमा नै टिम बनाउनुपर्ने कठिनाइ थियो। त्यसमाथि पनि स्याङ्जा र पोखराबाहेक अरु जिल्लाबाट खेलाडी भएनन्। क्याम्पमा राखेर राम्ररी अभ्यास गराउने समय पुगेन। सबै टिम एक दिन मात्र अभ्यासमा बसेका हौँ’, प्रशिक्षक प्रधान भन्छन्, ‘चार जनाबाहेक त सबै खेलाडीको पहिलो प्रतियोगिता थियो। अबको समयमा धेरैभन्दा धेरै प्रदेशकै संरचनामा पनि हुनुपर्छ।’

खेल्ने उपयुक्त प्रतियोगिता नहुने हो भने खेलाडीले गरिरहेको अभ्यासको उपलब्धी पनि विस्तारै मर्दै जान्छ। महिला टिमका खेलाडी र प्रशिक्षकहरु पनि धेरै भन्दा धेरै प्रतियोगिता गरेर मात्र खेलमा सुधार गर्न सकिने बताउँछन्।      

नेपाली क्रिकेटमा उम्दा खेल देखाइरहेका र केही सम्भावना देखाएका खेलाडी मैदानबाट हरेक वर्ष जस्तो हराइरहँदा यसपटक पनि केही खेलाडीले सम्भावना भने देखाए नै। तर उनीहरुलाई क्रिकेटमा नै लगाइरहन सक्ने गरी जिम्मेवार निकायबाट काम हुने अपेक्षा निकै कम छ। फेरि क्रिकेटका लागि मैदान आउन पाउने अर्को वर्ष मात्र हो भने उनीहरु क्रिकेट नै किन खेलिरहुन्। 

यस्तोमा प्रशिक्षक गोविन्द प्रधानलाई भने आश छ गण्डकीका खेलाडीहरु अझै क्रिकेटमा लागिरहने छन्। दाङबाट फर्किएर पोखरा पुगेपछि प्रशिक्षकले क्रिकेट खेलिरहन्छौ? भनेर गरेको प्रश्नमा खेलाडीले भनेका थिए- ‘खेल्छौँ। अब नवौँ राष्ट्रिय खेलकुदमा अझ राम्रो गर्नुपर्छ।’

केही दिनको तयारीमा राम्रो सम्भावना देखाउन सक्ने यी खेलाडीले क्रिकेट खेलिरहने वातावरण र आधार पाए भने नेपाली क्रिकेटमा कतिसम्म गर्न सक्लान्? 

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्