पाँचथर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस अब नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन्।
पाँचथरको सदरमुकाम फिदिममा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘महामहानव बिपी कोइरालाले घरमा एउटा गाई होस्। सानो घर होस् भनेर २०१५ सालमा भनेको 8 अहिले छैन। अहिले 8का मुद्दा फेरिसकेका छन्। त्यसैले अहिले फेरिएको नेपाली 8अनुसार कांग्रेस अघि बढ्न आवश्यक छ।’
उनले कांग्रेसले अब 8वादका जगमा पार्टीको मुद्दा र सांगठिनक स्वरुपलाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। कांग्रेसलाई जनताको घरघर र टोलटोलमा पुर्याउने तथा संगठन सृदृढीकरण एवं आधुनिकीकरण गर्न सके मात्रै पार्टी अघि बढ्न सक्ने उनले तर्क गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।