काठमाडौं- बुधबार सम्पन्न भएको एनएमबी बैंकको साधारण सभाले सेयरधनीहरूलाई १३ प्रतिशत बोनस र ३.२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई बोनस र लाभांश वितरण गर्ने प्रस्ताब २५औं साधारणसभाबाट यस्तो प्रस्ताव पारित गरेको हो।
कोभिड-१९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधिमार्फत् बुधाबार बानेश्वरबाट साधारण सभा संचालन गरिएको थियो।
सभाले बैंकले अधिकृत पूँजी १६ अर्ब रुपैयाँबाट वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।