काठमाडौं- दोस्रो बजारमा सूचिकृत कम्पनीहरुमध्ये २९ कम्पनीले आज एकै दिन वार्षिक साधारणसभा आयोजना गर्दैछन्। कम्पनी ऐनअनुसार आर्थिक वर्ष सकिएको ६ महिनाभित्रमा वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्छ। कम्पनी ऐनको व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा बुधबार अन्तिम दिन एकै पटक साधारणसभा गर्न लागेका हुन्।
बुधारबार एकै दिन ८ वटा वाणिज्य बैंकले वार्षिक साधारणसभा गर्दैछन्। त्यस्तै दुई वटा विकास बैंक, २ वटा जलविद्युत कम्पनी, ७ वटा माइक्रोफाइनान्स, सोल्टी होटल, हिमालयन डिष्ट्रिलरी र एचआइडिसिएलले वार्षिक साधारणसभा गर्न लागेका हुन्।
सिभिल र नेपाल इन्भेष्टमेन्टले भने आर्थिक वर्ष सकिएको ६ महिना भित्र वार्षिक साधारणसभा गर्न सकेनन्। नेपाल इन्भेष्टमेन्टले माघ ८ गते वार्षिक साधारणसभा बोलाएको छ भने अहिलेसम्म सिभिले भने मिति तोकेको छैन। तर बैंकले लाभांश भने घोषणा गरिसकेको छ। १९ वटा बिकास बैंक मध्ये ७ वटाले मात्रै साधारणसभा गर्दै छन्। तीमध्ये दुईवटाले बुधबार साधारणसभा गर्दैछन्।
सूचिकृत २२ वटा फाइनान्स मध्ये ९ वटाले साधारणसभा गर्ने भएका छन्। जसमध्ये ७ वटाले आजै साधारणसभा सम्पन्न गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।