काठमाडौं- लगातार दुई दिनसम्म घटेको सुनको मूल्य मंगलबार भने बढेको छ। सोमबार नेपाली बजारमा ९२ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो।
त्यस्तै चाँदीको मूल्य समेत बढेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।