• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

पल्सर स्पोर्ट्स अवार्ड आज, मनोनयनमा को को?

64x64
सराेज तामाङ मंगलबार, पुस २८, २०७७  ०९:०९
1140x725

काठमाडौं– १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ आज (मंगलबार) आयोजना हुँदैछ। ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुने अवार्ड कार्यक्रममा देशकै नाम उच्च बनाउने खेलाडी प्रशिक्षक तथा खेलकर्मीहरु सम्मानित हुँदैछन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोर्ट्स अवार्डमा यो पटक २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय ऐरिनामा पदक पाएका खेलाडी मनोनयनमा छन्। यो पटक विभिन्न १० विधामा खेलाडी, प्रशिक्षक तथा खेलकर्मीले अवार्ड पाउँदैछन्।

पिपल्स च्वाइज अवार्ड, वर्ष उत्कृष्ट पुरुष, उत्कृष्ट महिला, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेशल, पारा एथलिट सम्मान, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारले अवार्ड पाउने छन्। वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ पाउनेछन्।

कार्यक्रम कोरोना भाइरसको कारण सेमिभर्चुल रुपमा हुँदैछ। यसअघि नै विभिन्न विधामा परेका खेलाडीहरुको मनोनयन सार्वजनिक गरिसकेको छ।

यी हुन् मनोनयनमा परेका खेलाडी र प्रशिक्षक

पिपल्स च्वाइज अवार्ड
गौरिका सिंह–पौडी 

– १३औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्णको कीर्तिमानसहित थप दुई रजत र दुई कास्य  
– आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण 
– करिश्मा कार्कीले बनाएको एकै प्रतियोगितामा धेरै स्वर्ण जित्ने कीर्तिमानमा बराबर 
– दक्षिण कोरियामा आयोजित १८औं फिना विश्व च्याम्पियनसिपमा १ सय र २ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा।

अरुणा शाही– भलिबल
– नेपाली टोलीकी कप्तान 
– एभीसी सेन्ट्रल जोन महिला भभिबल च्याम्पियसिपमा स्वर्ण 
– सागमा ऐतिहासिक रजत पदक 

मण्डेकाजी श्रेष्ठ– कराते 
– १३औं सागमा दुई स्वर्ण पदक (टिम काता र एकल काता)
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक (एकल काता) र रजत (टिम काता)
– बंंगलादेशमा भएको साफ च्याम्पियनसिपमा स्वर्ण पदक (टिम काता) र कांस्य पदक (एकल काता)
– नवौं थाइल्यान्ड ओपन च्याम्पियनसिपमा रजत (सिनियर काता), उत्कृष्ट खेलाडी घोषित

Ncell 2
Ncell 2
nimb
nimb

सदिना श्रेष्ठ– बास्केटबल
– १३औं सागमा रजत पदक (महिला टोली कप्तान)
– आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक (प्रदेश ३)
– एनबीएल बास्केटबल लिगमा रजत पदक (समृद्धि गोरिल्लाज)

सावित्रा भण्डारी– फुटबल
– १३औं सागमा रजत पदक
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक (एपीएफ) 
– इन्डियन वुमन्स लिग २०१८–१९ विजेता (सेथु एफसी)
– प्रधानसेनापति कप विजेता (एपीएफ)
– इन्डियन वुमन्स लिग २०१९–२० विजेता (गोकुलम केरला)
– नादेझ्दा कप उपविजेता (नेपाल)
– नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान कायम

वर्षका पुरुष खेलाडी
विकेश कुथु (फुटबल)    

– १३औं सागमा फुटबलको टिम स्वर्ण
– आठौं राष्ट्रियमा आर्मी क्लबबाट स्वर्ण 
– ए डिभिजन लिगमा दोस्रो 
– विशाल गोल्डकप च्याम्पियन 

गोपीचन्द्र पार्की (एथलेटिक्स) 
– १३औं सागमा ५ हजार मिटर दौडमा स्वर्ण पदक 
– आठौं राष्ट्रिय खेलकुदमा ५ हजार मिटर दौडमा स्वर्ण, १० किमि दौडमा कांस्य
– गणेशमान सिंह ओपन रोड रेसमा प्रथम 
– चितवन नेसनल १५ किमि ओपन रोड रेसमा प्रथम 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कमल श्रेष्ठ (तेक्वान्दो)
– १३औं सागमा स्वर्ण    
– आठौं बृहत राष्ट्रिय खेलकुदमा तीन स्वर्ण
– नवौं कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दोमा दुई स्वर्ण

मन्देकाजी श्रेष्ठ (कराते)
– १३औं सागमा दुई स्वर्ण पदक (टिम काता र एकल) 
– आठौं राष्ट्रिय खेलकुद, स्वर्ण पदक (एकल काता) र रजत (टिम काता)
– बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा कांस्य पदक (एकल काता) र स्वर्ण पदक (टिम काता)

सुवास तामाङ (गल्फ) 
– १३ औं दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण (व्यक्तिगत र समूह) 
– पहिलो पटक नेपाललाई ऐतिहासिक स्वर्ण ।
– आठौं राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मीबाट, सुवास तामाङ, राहुल बिक र निश्चयजंग रायमाझी)
– फाल्डो सिरिज छनोट २०७६ मा च्याम्पियन, सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन ।

वर्षकी महिला खेलाडी
अनु अधिकारी (कराते) 

– १३औं सागमा स्वर्ण पदक
– आठौं राष्ट्रिय खेलुकदमा रजत पदक  
– बंगलादेशमा सम्पन्न पाँचौं साफ च्याम्पियनसिप करातेमा स्वर्ण पदक
– उज्वेकिस्तानमा भएको १६औं सिनियर कराते च्याम्पियनसिपमा १६औं स्थान

आयशा शाक्य (तेक्वान्दो) 
– १३औं सागमा दुई स्वर्ण
– आठौं बृहत राष्ट्रिय खेलकुदमा कास्य

गौरिका सिंह (पौडी) 
– १३औं सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक
– सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानस“ग बराबर  
– आठौं राष्ट्रिय खेलकुदमा सहभागी सबै स्पर्धा अर्थात १२ स्वर्ण जित्न सफल ।  

सन्तोषी श्रेष्ठ (एथलेटिक्स)  
– १३औं सागमा १० हजार मिटर दौडमा स्वर्ण पदक
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र कांस्य ( ५ हजार, १५ सय र १० हजार मिटरमा) 
– वीर गणेशमान सिंह १० किमि रोड रेसमा स्वर्ण 
– नेवाः च्यारिटी धरान १० किमी रनमा स्वर्ण 
– कान्तिपुर हाफ म्याराथन (२१ किमी) मा रजत 

सोनी गुरुङ (ट्रायथलन) 
– १३औं दक्षिण एसियाली खेलकुद (साग) मा एक स्वर्ण र एक रजत 
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण 
– दोस्रो ग्रेड बुद्धिस्ट ट्रेल– २०१९ मा स्वर्ण 
– हाइअल्टिच्युट त्रि–एडभेन्चर प्रतियोगिता २०१९ मा स्वर्ण 

वर्षका युवा खेलाडी
भूपेन श्रेष्ठ  (तेक्वान्दो)

– १३औं सागमा स्वर्ण पदक
– आठौं बृहत राष्ट्रिय खेलकुदमा स्वर्ण 
– हैदराबादमा आयोजित दोस्रो इन्डिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण 
– चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा कांस्य

पूनम श्रेष्ठ (जुडो)
– १३औं सागमा स्वर्ण 
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण 
– राजविराजमा सम्पन्न छैटौं नेसनल ओपन जुडो च्याम्पियनसिपमा स्वर्ण 

सञ्जु चौधरी (भारोत्तोलन) 
– १३औं सागमा स्वर्ण (राष्ट्रिय कीर्तिमान) 
– सुनीललाल मेमोरियलमा स्वर्णसहित उत्कृष्ट खेलाडी
– चीनमा भएको एसियन च्याम्पियनसिप र टोकियो ओलम्पिक छनोट खेलमा प्रतिस्पर्धा

सिना लिम्बु मादेन (तेक्वान्दो) 
–  १३औं राष्ट्रिय खेलकुदमा १ स्वर्ण, १ कांस्य    
– आठौं राष्ट्रिय खेलकुदमा १ स्वर्ण, १ रजत, १ कांस्य
– नवौं कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दोमा १ स्वर्ण, १ रजत, १ कांस्य 

सुवास तामाङ (गल्फ)
– साग दुई स्वर्ण (व्यक्तिगत र समूह) 
– आठौं राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मी टिम–सुवास तामाङ, राहुल बिक र निश्चयजंग रायमाझी)
– फाल्डो सिरिज छनोट ०७६ मा च्याम्पियन ।
– सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन ।

वर्षका उत्कृष्ट प्रशिक्षक
अमरकुमार थिङ (उसु)

– १३औं सागमा ५ स्वर्ण, ६ रजत ५ कांस्य पदक जिताउन सफल 

मदन उप्रेती (कराते)
– राष्ट्रिय कराते टिमको मुख्य प्रशिक्षक
– १३औं सागमा नेपाललाई १० स्वर्ण, ४ रजत र ५ कांस्य पदक जिताउन सफल ।

नवीन श्रेष्ठ (तेक्वान्दो) 
– १३औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक दिलाउन सफल 
– तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीलाई पदक   
– चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक ।

प्रकाश थापामगर (बक्सिङ)
– १३औं सागमा ३ स्वर्ण, ६ रजत ६ कांस्य पदक जिताउन सफल 

शंकर कार्की (पौडी)
– १३औं सागमा ४ स्वर्ण, ४ रजत ४ कांस्य पदक जिताउन सफल 
– आठौं राष्ट्रिय खेलकुदमा पुलिस टिमलाई दोस्रो स्थानमा ल्याउन भूमिका

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  ०९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिता अन्तर्गत हुम्लामा महिला भलिबल खेलका खेलाडी छन... बिहीबार, असोज २९, २०८३
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्