काठमाडौं- सुनको मूल्य दुई दिनमै तोलामा ३ हजार १ सय रुपैयाँले घटेको छ। आइतबार प्रतितोला २३ सय रुपैयाँले घटेको सुन सोमबार पनि तोलामा ८ सय रुपैयाँले घटेको हो। सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको छ।
आइतबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै सोमबार चाँदीको मूल्य समेत प्रतितोला ४० रुपैयाँले घटेको छ।
शुक्रबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो। आइतबार प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबारका लागि १२ सय ३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।