• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

सुर समीक्षा : पूर्व छवि भत्काउने इन्दिरा जोशीको अर्को प्रयास

64x64
डिबी खड्का सोमबार, पुस २७, २०७७  ११:१८
1140x725

गायिका इन्दिरा जोशी यतिविधी चर्चित हुनुमा स्वरसँगै सौन्दर्यको समिश्रण हो। उनको छवि रोमान्टिक गीतकी गायिकाका रुपमा बनेको छ। यसको कारण छ, उनको हिट १० गीत छान्ने हो भने ८ गीत नचाउने खालका पर्छन्। जस्तो धेरैले सुनेको ‘चौबन्दी चोली’, ‘उध्रेको चोली’, ‘उकालीमा जाँदा’, ‘चियाकफी’, ‘आइ लभ यू’ आदि। 

नेपाल आइडलमा प्रतिष्पर्धीको गायकी जाँच्ने उनलाई सुरुमा यही कारण केही प्रश्नहरुको सामना गर्नु परेको पनि हो। ‘उध्रेको चोली’ हिट भएपछि आफूलाई खोजीआएका गीत त्यस्ता हुन्, गाउन त अरुका खालका पनि सक्छु भन्ने उनलाई लागेको हुन सक्छ। त्यसैले नचाउने गीत भन्दा सुनाउने गीततर्फ उनको रुची बढ्दो देखिन्छ। त्यसको सुरुवात उनले यसअघि ‘बेहुली’ भन्ने गीतबाट गरेकी थिइन्। जुन गीतमा उनले प्रस्तुत  गरेको ‘गायकी’ आमजन माझ जँचेको थियो। 

बेहुलीमार्फत् सुन्ने गीतको सफल यात्रा गरेकी उनले एक हप्ताअघि ‘बेग हानी गाको’ बजारमा ल्याएकी छिन्। यो गीतमा उनको अतिरिक्त लगाव रहेको देखिन्छ।

याे गीतमा उनकाे एकल स्वरमात्रै हाेइन, अभिनय पनि आफ्नै छ। आफैंले निर्माण गरेकी छिन्। आफ्नै युट्युब च्यानलबाट रिलिज गरेकी छिन्। एक हप्तामा १८ लाखभन्दा स्रोताले हेर्नुलाई सफलताउन्मुख मान्न सकिन्छ। उनको स्टारडमको समेत मूल्यांकन गर्ने हो भने यो भन्दा धेरै अपेक्षा गर्नु पनि अन्यथा नहुन सक्छ। 

गाउँले केटीको भूमिकामा उत्रिन ‘शहरिया इन्दिरा’लाई सजिलो पक्कै थिएन र भएन। तैपनि आँट गरिन्। उनको गीतका स्रोताको युट्युबमा प्रतिक्रिया छ, ‘इन्दिरा म्यामको गायकी त थियो नै, अभिनय पनि उत्तिकै उत्कृष्ट लाग्यो।’ दर्शकले यसरी रुचाएपछि थप प्रतिक्रिया जरुरी छैन। 

आफ्नै युट्युब च्यानल मार्फत् सार्वजनिक गरेकी छिन्। 

बेग हानी त्यो डाँफे चरी, फर्कि आउला हिमालमा के गरी
हजुर यसपालाको जीवनमा, तिम्रो नभइ जाँदिन मै मरी

श्रीकृष्ण बम मल्लको लेखेको यो गीतमा गहिराइ छ। दिएको संगीतमा सुमधुरता छ । म्युजिक भिडियोको दृष्यांकन पनि मनमोहक नै छ। अभिनयका लागि कर्मा परिचित नाम नै हो। इन्दिराबाट पनि निर्देशकले अभिनय निकाल्ने भरमग्दुर प्रयास गरेका छन्। निर्देशक एलीन श्रेष्ठ यी सवथोकमा मेहनत गरेजस्तै म्युजिक भिडियोको अवधारणामा नयाँपन दिन कोशिस गरेको भए गीत अझै दर्शनीय पनि बन्न सक्थ्यो भन्नेचाहिँ खड्किने रहेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

किनभने अन्तरजातीय प्रेम र त्यसबाट प्राप्त परिणाम नेपाली म्युजिक भिडियो र फिल्मका लागि ‘नयाँ’ होइन (यस्ता घटना दोहोरिरहेको समयमा ‘सन्देश प्रवाह’ गर्ने सामाजिक सोच हो भने अर्कै कुरा)। यो गीतका एक दर्शक सुमन आलेले युट्युबमा यो गीत हेरेपछि अन्तरजातीय प्रेमका कारण रुकुममा मारिएका नवराज बिकलाई सम्झिएछन्। यो स्वभाविक संयोग हो।

म्युजिक भिडियोमा संवाद बोल्ने र कथा भन्ने परम्परा जोडतोडका साथ अघि बढिरहेको छ। त्यसको निरन्तरता यसमा पनि देख्न सकिन्छ। त्यसले गीतको सन्देश फराकिलो बनाउनुपर्छ भन्ने मान्यता छ। यो गीतको भाव पनि फराकिलो नै छ। त्यसैले अन्तरजातीय प्रेमका कारण विवाह हुन नपाएकी प्रेमिकाको बिलौनाको साँघुरो घेरामा नसमेटिदिए हुन्थ्यो। 

घरमा छिन् एक्लै ती बुढीआमा उनको सहारा कोही छैन
गएर साथ दिउँ भने पनि म तिम्रो नै भइछैन
एक चिम्टि सिन्दुर लाइदेको भने, बस्नेथें यसैको भरैमा
हजुर बाचा पूरा गर्नलाई चाँडै फर्कि आइदेऊ न घरैमा

यी शब्द सुन्दा अन्तरजातीय प्रेम मात्रै होइन, परदेशिएको कुनै युवाको कथा भन्न खोजेको जस्तो पनि लाग्छ। घरमा आमाछोरा मात्रै भएको एक परिवारको बाध्यतालाई प्रस्तुत गर्न खोजेको जस्तो महशुस हुन्छ। यसबाहेकका आम नेपाली जीवनमा अरु कथा वा अवधारणामा पनि यो गीतलाई देखाउन सकिन्थ्यो।

Xtrem

Xtrem

जस्तो म्युजिक भिडियो सुरुवात हुँदा लेखिएको छ, ‘यस भिडियोका सम्पूर्ण घटना तथा चरित्र काल्पनिक हुन्, तसर्थ कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्रै हुनेछ।’ म्युजिक भिडियो हेरेपछि यसलाई अझै धेरै नेपालीको वास्तविक जीवनसँग मेल खान जाने बनाउने अवसरबाट चुकेको जस्तो महशुस हुन्छ।

गायिका जोशीको स्वर नचाउने गीतमा मात्रै होइन, रुवाउने गीतमा पनि स्वभाविक सुनिन्छ भन्ने यो अर्को प्रमाण हो। गायनमा रहेको पूर्व ‘छवि’ भत्काउन यसले सहयोग नै गर्ने देखिन्छ।

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  ११:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्