• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

सुर समीक्षा : पूर्व छवि भत्काउने इन्दिरा जोशीको अर्को प्रयास

64x64
डिबी खड्का सोमबार, पुस २७, २०७७  ११:१८
1140x725

गायिका इन्दिरा जोशी यतिविधी चर्चित हुनुमा स्वरसँगै सौन्दर्यको समिश्रण हो। उनको छवि रोमान्टिक गीतकी गायिकाका रुपमा बनेको छ। यसको कारण छ, उनको हिट १० गीत छान्ने हो भने ८ गीत नचाउने खालका पर्छन्। जस्तो धेरैले सुनेको ‘चौबन्दी चोली’, ‘उध्रेको चोली’, ‘उकालीमा जाँदा’, ‘चियाकफी’, ‘आइ लभ यू’ आदि। 

नेपाल आइडलमा प्रतिष्पर्धीको गायकी जाँच्ने उनलाई सुरुमा यही कारण केही प्रश्नहरुको सामना गर्नु परेको पनि हो। ‘उध्रेको चोली’ हिट भएपछि आफूलाई खोजीआएका गीत त्यस्ता हुन्, गाउन त अरुका खालका पनि सक्छु भन्ने उनलाई लागेको हुन सक्छ। त्यसैले नचाउने गीत भन्दा सुनाउने गीततर्फ उनको रुची बढ्दो देखिन्छ। त्यसको सुरुवात उनले यसअघि ‘बेहुली’ भन्ने गीतबाट गरेकी थिइन्। जुन गीतमा उनले प्रस्तुत  गरेको ‘गायकी’ आमजन माझ जँचेको थियो। 

बेहुलीमार्फत् सुन्ने गीतको सफल यात्रा गरेकी उनले एक हप्ताअघि ‘बेग हानी गाको’ बजारमा ल्याएकी छिन्। यो गीतमा उनको अतिरिक्त लगाव रहेको देखिन्छ।

याे गीतमा उनकाे एकल स्वरमात्रै हाेइन, अभिनय पनि आफ्नै छ। आफैंले निर्माण गरेकी छिन्। आफ्नै युट्युब च्यानलबाट रिलिज गरेकी छिन्। एक हप्तामा १८ लाखभन्दा स्रोताले हेर्नुलाई सफलताउन्मुख मान्न सकिन्छ। उनको स्टारडमको समेत मूल्यांकन गर्ने हो भने यो भन्दा धेरै अपेक्षा गर्नु पनि अन्यथा नहुन सक्छ। 

गाउँले केटीको भूमिकामा उत्रिन ‘शहरिया इन्दिरा’लाई सजिलो पक्कै थिएन र भएन। तैपनि आँट गरिन्। उनको गीतका स्रोताको युट्युबमा प्रतिक्रिया छ, ‘इन्दिरा म्यामको गायकी त थियो नै, अभिनय पनि उत्तिकै उत्कृष्ट लाग्यो।’ दर्शकले यसरी रुचाएपछि थप प्रतिक्रिया जरुरी छैन। 

आफ्नै युट्युब च्यानल मार्फत् सार्वजनिक गरेकी छिन्। 

बेग हानी त्यो डाँफे चरी, फर्कि आउला हिमालमा के गरी
हजुर यसपालाको जीवनमा, तिम्रो नभइ जाँदिन मै मरी

श्रीकृष्ण बम मल्लको लेखेको यो गीतमा गहिराइ छ। दिएको संगीतमा सुमधुरता छ । म्युजिक भिडियोको दृष्यांकन पनि मनमोहक नै छ। अभिनयका लागि कर्मा परिचित नाम नै हो। इन्दिराबाट पनि निर्देशकले अभिनय निकाल्ने भरमग्दुर प्रयास गरेका छन्। निर्देशक एलीन श्रेष्ठ यी सवथोकमा मेहनत गरेजस्तै म्युजिक भिडियोको अवधारणामा नयाँपन दिन कोशिस गरेको भए गीत अझै दर्शनीय पनि बन्न सक्थ्यो भन्नेचाहिँ खड्किने रहेछ। 

Ncell 2
Ncell 2

किनभने अन्तरजातीय प्रेम र त्यसबाट प्राप्त परिणाम नेपाली म्युजिक भिडियो र फिल्मका लागि ‘नयाँ’ होइन (यस्ता घटना दोहोरिरहेको समयमा ‘सन्देश प्रवाह’ गर्ने सामाजिक सोच हो भने अर्कै कुरा)। यो गीतका एक दर्शक सुमन आलेले युट्युबमा यो गीत हेरेपछि अन्तरजातीय प्रेमका कारण रुकुममा मारिएका नवराज बिकलाई सम्झिएछन्। यो स्वभाविक संयोग हो।

म्युजिक भिडियोमा संवाद बोल्ने र कथा भन्ने परम्परा जोडतोडका साथ अघि बढिरहेको छ। त्यसको निरन्तरता यसमा पनि देख्न सकिन्छ। त्यसले गीतको सन्देश फराकिलो बनाउनुपर्छ भन्ने मान्यता छ। यो गीतको भाव पनि फराकिलो नै छ। त्यसैले अन्तरजातीय प्रेमका कारण विवाह हुन नपाएकी प्रेमिकाको बिलौनाको साँघुरो घेरामा नसमेटिदिए हुन्थ्यो। 

घरमा छिन् एक्लै ती बुढीआमा उनको सहारा कोही छैन
गएर साथ दिउँ भने पनि म तिम्रो नै भइछैन
एक चिम्टि सिन्दुर लाइदेको भने, बस्नेथें यसैको भरैमा
हजुर बाचा पूरा गर्नलाई चाँडै फर्कि आइदेऊ न घरैमा

यी शब्द सुन्दा अन्तरजातीय प्रेम मात्रै होइन, परदेशिएको कुनै युवाको कथा भन्न खोजेको जस्तो पनि लाग्छ। घरमा आमाछोरा मात्रै भएको एक परिवारको बाध्यतालाई प्रस्तुत गर्न खोजेको जस्तो महशुस हुन्छ। यसबाहेकका आम नेपाली जीवनमा अरु कथा वा अवधारणामा पनि यो गीतलाई देखाउन सकिन्थ्यो।

जस्तो म्युजिक भिडियो सुरुवात हुँदा लेखिएको छ, ‘यस भिडियोका सम्पूर्ण घटना तथा चरित्र काल्पनिक हुन्, तसर्थ कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्रै हुनेछ।’ म्युजिक भिडियो हेरेपछि यसलाई अझै धेरै नेपालीको वास्तविक जीवनसँग मेल खान जाने बनाउने अवसरबाट चुकेको जस्तो महशुस हुन्छ।

गायिका जोशीको स्वर नचाउने गीतमा मात्रै होइन, रुवाउने गीतमा पनि स्वभाविक सुनिन्छ भन्ने यो अर्को प्रमाण हो। गायनमा रहेको पूर्व ‘छवि’ भत्काउन यसले सहयोग नै गर्ने देखिन्छ।

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  ११:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
गंगा सोनाम बनिन् छैटौँ नेपाल आइडल गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी स... सोमबार, भदौ १६, २०८२
ताजा समाचारसबै
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी बुधबार, माघ १४, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्