काठमाडौं–साताको पहिलो दिन सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
आइतबार एकै दिन सुनको मूल्य तोलामा २३ सय रुपैयाँले घटेको हो। शुक्रबार ९५ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आइतबारका लागि ९३ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै चाँदीको मूल्यसमेत घटेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँले घटेको हो। शुक्रबार प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १२ सय ७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।