काठमाडौं- प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोडमार्फत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ।
शुक्रबार कालिमाटी फलफूल तथा तरकारी बजारमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको उद्घाटन गरेका छन्।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको बताए। उनले प्रभु बैंक र फोन पेको संयुक्त पहलमा फलफूल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नुपर्ने झन्झट हटेको उल्लेख गरे।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सापेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताए। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरिरहेका कृषक तथा कृषिजन्य उपजहरु खरिद बिक्रीमा सहभागी व्यवसायी तथा उपभोक्ताहरुले अब क्यू आर कोड सेवाबाट अझै सहज रुपमा झण्झटमुक्त कारोबार गर्न पाउदै भन्दै खुशी व्यक्त गरे।
अत्यधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै समग्र ग्राहकहरुको चाहनालाई पहिलो प्राथमिकतासहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको प्रभु बैंक र सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील फोन पेबीचको समन्वयमा सञ्चालित क्यू आर कोड सेवामार्फत् डिजिटल बैंकिङ्ग सेवा उपभोग गरी कालिमाटी फलफूल तथा तरकारी बजारमा आर्थिक कारोबार गर्ने सम्पूर्ण कृषक, कृषिजन्य उपजसँग सम्बन्धित व्यापारी, व्यवसायी, उपभोक्ता तथा ग्राहकहरुले अधिकतम् लाभ लिने बैंकले विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।