काठमाडौं-साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार छापावाल सुन तोलामा १ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। बिहीबार १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।