काठमाडौं- लक्ष्मी बैंक र थुलुङ दूधकोशी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्न सम्झौता भएको छ। सोलुखुम्बु जिल्लाको थुलुङ्ग दूधकोशी गाउँपालिका र बैंकबीच पुस २० गते सहुलियतपूर्ण कर्जा प्रवाहका लागि सम्झौता भएको हो।
सम्झौताअन्तर्गत गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानीय उद्यमी, सहकारीलगायत अन्य संघ संस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्नेछन्।
सम्झौतामा बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ्ग दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले हस्ताक्षर गरेका हुन्।
हस्ताक्षर कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले गाउँपालिकामा कृषि तथा पर्यटन लगायत सम्भाव्यता बोकेका क्षेत्रहरुमा कर्जा लगानी गर्न बैंक तत्पर रहेको धारणा व्यक्त गरे।
सम्झौताले स्वरोजगार तथा उद्यमशिलता विकास गरी आर्थिक रुपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।