काठमाडौं-दुई दिनयता लगातार बढेको सुनको मूल्य बिहीबार एकै दिन तोलामा १३ सय रुपैयाँले गिरावट आएको छ।
बुधबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्यसमेत घटेको छ। बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो। बुधबार प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि १३ सय ३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।