काठमाडौं-सुनको मूल्य लगातार वृद्धि भइरहेको छ। बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ।
मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य मंगलबारको तुलनामा बुधबार प्रतितोला ५ रुपैयाँले बढेको छ। मंगलबार १३ सय ३५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १३ सय ४० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।