काठमाडौं-मंगलबार एकै दिन सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ।
सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ४ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य समेत बढेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।