काठमाडौं- लगनखेल वितरण केन्द्र अन्तर्गत ६६ केभी प्रशारणलाइन मर्मत गर्नुपर्ने भन्दै नेपाल विद्युत प्राधिकरणले मंगलबार ललितपुरका विभिन्न स्थानमा दिनभर बत्ती काट्ने भएको छ।
प्राधिकरणका अनुसार मंगलबजार फिडरको इमाडोल कृष्ण मन्दिर अगाडिदेखि पवन प्रकृतिसम्म बत्ती काटिनेछ। त्यस्तै इमाडोल, कृष्ण मन्दिर, बोझेपोखरी, महर्जन चोक, ढुंगेसागु, टीकाथली, सार्कीढीक, मोतीचोक, खरिबोट र ग्याँसप्लान्टलगायतका स्थानहरुमा बत्ती हुने छैन। यी स्थानहरुमा मंगलबार बिहान १० बजे देखि दिउसो ४ बजेसम्म बत्ती काटिने प्राधिकरणले जनाएको छ।
पछिल्लो समय प्राधिकरणले बिना सूचना विद्युत कटौती गर्न थालेपछि फेरि लोडसेडिङ ब्युताउने खेल सुरु भएको भन्दै आलोचना हुन थालेको छ। यद्यपि प्राधिकरणले भने मर्मतसम्भारलगायत प्राविधिक काम काम गर्नु परेका कारण विभिन्न स्थानमा विद्युत कटौती गर्नु परेको भन्दै प्रतिरक्षा गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।