• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीको कपडामा सेटिङ : मेलबाट मुन्कासम्म, ठेकेदारकै पक्षमा अदालतको फैसला

पुनरावेदनको म्याद नाघेपछि प्रहरीलाई जानकारी!
64x64
नारायण अधिकारी सोमबार, पुस २०, २०७७  १७:३४
1140x725

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को हिरासतमा एकसाता देखि छन्, क्राउन टेक्सटाइल्स इन्डस्ट्रिज प्रालिका सञ्चालक र एक कर्मचारी।

क्राउनका सञ्चालक वीरगञ्ज–५ का ५५ वर्षीय पिताम्बर कुमार मुन्का र कर्मचारी चितवनको माडी नगरपालिका-८ घर भएका नरेन्द्रनाथ पौडेल प्रहरीलाई नै ठगी गर्न खोजेपछि हिरासत पुगेका हुन्। प्रहरीलाई चाहिने वुलन कपडामा ठगी र जालसाझी गरेपछि उनीहरू प्रहरी हिरासतमा पुगेका हुन्। उनीहरूबारे सिआइबीले अनुसन्धान गरिरहेको छ।

२० हजार मिटर वुलन पाइन्टको कपडा खरिद गर्न नेपाल प्रहरी आर्थिक वर्ष २०७३/७४ मा बोलपत्र आह्वान गरेको थियो। मुन्काको क्राउन टेक्सटाइल्स इन्डस्ट्रिज प्रालिले कपडा आपूर्तिका लागि टेन्डर पार्‍यो। प्रतिमिटर १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटर कपडा करबाहेक २ करोड १६ लाख ४० हजारमा क्राउन टेक्सटाइल्ससँग खरिद सम्झौता भयो। क्राउन टेक्सटाइल्सले कपडा आपूर्तिसमेत गरेको थियो।

प्रहरीका कपडा कम गुणस्तरको भएको गुनासो पहिल्यैदेखि हुने गर्थ्यो। एक प्रहरी अधिकारी सुनाउँछन्, ‘म एकपटक जाडो समयमा तराइमा खटिएको थिएँ। त्यसपछि हामीले लगाउने कपडा कतिसम्म कमसल हुन्छ भन्ने महसुस गर्न पाएँ। भन्नलाई वुलनको पाइन्ट भनिन्छ। तर ठूलाठूला मोटा धर्सा भएको एकदमै पातलो छ्याङछ्याङ थियो। त्यस्तो पातलो कपडा लगाएर ड्युटी गर्नुपर्थ्यो। त्यही समयमा मुन्काले कपडा भित्र्याएपछि उनी छानबिनको दायरामा तानिएका थिए।’

गुणस्तर तथा नाप तौल विभागले प्रहरीले खरिद गरेको कपडाको गुणस्तर जाँच गर्ने क्षमता छैन। नेपाली सेनाले भने आफैँ ल्याब राखेर जाँच गर्दै आएको छ। कपडा कमसल आएको थाहा पाएपछि त्यसबेलै जाँचका लागि भारत पठाउने तयारी प्रहरी प्रधान कार्यालयले गर्‍यो। २०७४ सालमै नमुना जाँचका लागि एसजिएस चेन्नई भारतमा पठाइएको थियो। त्यसबेलै कम गुणस्तरको कपडा भनेर रिपोर्ट आएको थियो। 

कमसल कपडा भएपनि मुन्काके पक्षमा अदालतको फैसला
२०७४ सालमै भारतीय ल्याबले मुन्काको कम्पनीले आपूर्ति गरेको कपडा कम गुणस्तरको भएको रिपोर्ट दिएको थियो। तर त्यसबेला काठमाडौं जिल्ला अदालतले भने मुन्काको पक्षमा फैसला गर्‍यो। अदालतकै फैसलाका कारण तीन वर्षअघि नै पाउनु पर्ने कपडा प्रहरीले तीन वर्षसम्म पाएनन्। 

जाँचका लागि नमुना पठाउँदा ठेकेदारको रोहबरमा दुई वटा नमुना निकालेर एक नमुना सुरक्षित राख्ने र अर्को नमुना जाँचका लागि ल्याबमा पठाउनुपर्ने हुन्छ। त्यसबेला प्रहरीको प्रबन्ध निर्देशनालयले नमुना निकाल्नका लागि पटकपटक मुन्कालाई बोलाएपनि उनी उपस्थित भएनन्। मुन्का उपस्थित नभएपछि उनको रोहबरबिनै प्रहरीले ती कपडाको नमुना निकालेर जाँचका लागि चेन्नई पठाएको थियो।

जिल्ला अदालतको उक्त आदेशविरुद्ध ७० दिनभित्र पुनरावेदन गर्नुपर्ने हुन्छ। तर जिल्लाको आदेश ७० दिनको अवधिमा पनि प्रहरी प्रधान कार्यालयमा बेखबर भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

रिपोर्टमा कमसल कपडा आपूर्ति भएको प्रमाणित भएपछि मुन्काले प्रबन्ध निर्देशनालय र प्रहरी महानिरीक्षकलाई विपक्षी बनाउँदै त्यसबेला काठमाडौं जिल्ला अदालतमा रिट हालेका थिए। आफ्नो रोहबरबिना कपडाको नमुना निकालेर जाँचका लागि पठाइएकाले उक्त जाँच रद्द हुनुपर्ने, कपडा पूर्वसर्त अनुसारको गुणस्तरीय भएकाले तत्काल प्रहरीले लिनुपर्ने भन्ने माग मुन्काले हालेको रिटमा थियो। 

अदालतले उक्त रिटको सुनुवाई गर्दै भनेको थियो, ‘मुन्काको रोहबर बिना कपडाको स्म्याम्पल निकाल्न नमिल्ने, अब आयन्दा यसो नगर्नू र कानून बमोजिम गर्नू।’

पुनरावेदनको म्याद नाघेपछि प्रहरीलाई जानकारी
जिल्ला अदालतको उक्त आदेशविरुद्ध ७० दिनभित्र पुनरावेदन गर्नुपर्ने हुन्छ। तर जिल्लाको आदेश ७० दिनको अवधिमा पनि प्रहरी प्रधान कार्यालयमा बेखबर भएको थियो। अदालतको आदेश आउँदा पनि ७० दिनसम्म प्रहरी प्रधान कार्यालय बेखबर हुनुको पछाडि शंका गर्ने ठाउँ उब्जिएको जानकारहरु बताउँछन्। यी विभिन्न पाटाहरूबारे अहिले अनुसन्धान भइरहेको सिआइबीका डिआइजी सहकुल थापाले बताए।

७२ दिनपछि जिल्लाले दिएको आदेश कार्यान्वयन गर्नुपर्ने भन्दै फैसला बोकेर मुन्का आफैं प्रहरी हेडक्वार्टर पुगेका थिए। त्यसपछि बल्ल प्रहरी प्रधान कर्यालयले मुन्काको पक्षमा अदालतले आदेश सुनाएको चाल पाएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिल्ला अदालतको आदेशपछि पनि प्रहरी प्रधान कार्यालयले कपडा बुझेन। अदालतको आदेश कार्यान्वयन हुनुपर्ने भन्दै मुन्का फैसला कार्यान्वयन निर्देशनालय पुगेका थिए।

त्यसपछि मुन्कालाई विपक्षी बनाउँदै प्रहरीको प्रबन्ध निर्देशनालय सर्वोच्च पुगेको थियो। फैसलाबारे आफूलाई कुनै जानकारी नभएको र जानकारी पाउनासाथ उजुरी गर्न आएको दाबी प्रबन्ध निर्देशनालयको थियो। 

'प्रहरी हेडक्वार्टरले जानकारी पाउने तर सोही मातहतको प्रबन्धले जानकारी नपाउने भन्ने कुरा हुँदैन। मुन्काको रोहबरमा कपडाको जाँच हुनुपर्ने र कानुन बमोजिम तुरुन्त काम गर्नुपर्ने' भन्दै सर्वोच्चले जिल्लाकै फैसला सदर गरेको थियो। 

दोस्रो पटक चेन्नईको ल्याबमा
मुन्कामार्फत् आपूर्ति गरिएको २० हजार मिटर कपडा दुई वर्षदेखि प्रहरी प्रधान कार्यालयमै थन्किएको र रकम नपाएपछि मुन्का पनि पुनः जाँचका लागि नमुना पठाउन तयार भएका थिए। अदालतको आदेशपछि त्यसबेला तत्कालीन एसएसपी उमेश रञ्जितकारको संयोजकत्वमा गुणस्तर अध्ययन कमिटीसमेत गठन गरिएको थियो। 

कानुनविपरीत गर्नेलाई कारबाही गर्ने निकायकै कपडा खरिदमा प्रहरीकै संलग्नताबिना सम्भव नहुने विश्लेषण पनि भइरहेको छ। यसबारे जिज्ञासा राख्दा डिआइजी थापा भन्छन्, ‘त्यो पाटो अनुसन्धान नगरी बोल्न मिल्दैन। हामी अनुसन्धान गर्दैछौँ।’

मुन्कासहितको रोहबरमा कपडाका दुई वटा स्याम्पल एसजिएस ल्याब चेन्नई पठाउने निर्णय भयो। टेक्सटाइल्सका प्रतिनिधि नरेन्द्रनाथ पौडेलको रोहबरमा ती कपडाको नमुना संकलन गरी जाँचका लागि २०७७ साउन ३० गते एसजिएस चेन्नई भारतमा पठाइएको थियो। भण्डारण शाखाका तत्कालीन डिएसपी मदन केसीको नाम, ठेगाना, इमेलमा डिएचएल गरेर चेन्नई पठाइएको थियो। 

मेलबाट मुन्कासम्म
प्रहरीले पठाएको नमुनाबाट कपडाको गुणस्तर कम भएको रिपोर्ट आउनेमा मुन्का ढुक्क थिए। त्यसपछि मुन्काकै योजना अनुसार उनका कर्मचारी पौडेलले आफैंले दोस्रो नमुना पठाएका थिए। 

त्यसको दुई दिनपछि साउन ३२ गते पौडेलले नेपाल प्रहरी संगठनको नाम, डिएसपी मदन केसीको नाम, मोबाइल नम्बर र इमेलसमेत राखी डिएचएलमार्फत् कुरियर गरी सोही ल्याबमा आफूखुसी दोस्रो नमुना पठाएका थिए।

ल्याबबाट रिपोर्ट आउन्जेलमा भण्डारणका डिएसपी परिवर्तन भएर गोविन्द पुरी आएका थिए। एसजिएस ल्याबले परीक्षण रिपोर्टमा पास भएको मेल पठायो। तर डिएचएल गरेको मिति थियो साउन ३२ गतेको। भण्डारणले भने साउन ३० को मितिमा डिएचएल गरेको थियो। मेलमै लेखिएको थियो, ‘दोस्रो नमुना जाँचका लागि रकम नपठाएको र रकम पठाए मात्रै रिपोर्ट उपलब्ध गराउने छौं।’

‘रिपोर्टमा डिएचल गरेको मिति भने मिलेको थिएन। त्यसपछि गडबढ भएको हामीले सुईको पाएका थियौं। पहिलो नमुना जाँच गरिएको र दोस्रो नमुना जाँचका लागि रकम आवश्यक रहेको भन्दै डिएसपीको मेलमा सूचना आएपछि मुन्काको ठगी आशय बाहिरियो,’ एक प्रहरी अधिकारीले भने, 'कपडा जाँच्दा १६ सूचक निर्धारण गरिएको थियो। तीमध्ये १२ सूचकमा मुन्काले आपूर्ति गरेको कपडा फेल भएको रिपोर्टमा उल्लेख छ।' 

१२ सूचकमा कपडा फेल भएपछि मुन्काले नक्कली नमुना पठाएर पास गराउन जालसाझी गरेको पुष्टि भएको थियो। तर मुन्का भने आफूलाई लागेको आरोप अस्वीकार गर्दै आएका छन्। दुई वर्षसम्म कपडा थन्किएर पुरानो भएपछि कम गुणस्तरको रिपोर्ट आएको दाबी मुन्काले गर्दै आएको प्रहरी स्रोत बताउँछ।

प्रहरीको अनुसन्धानमा ठेकेदारसँगै प्रहरीको पनि मिलेमतो हुन सक्ने आशंका गरिएको छ। नेपालमा कपडाको गुणस्तर जाँच गर्ने ल्याब नहुँदा आर्थिक अनियमितता गर्न सजिलो मात्र नभएर कारबाहीको दायरामा ल्याउन पनि कठिन पर्ने देखिएको छ। विदेशी ल्याबसँगै मिलेमतो गरी ठेकेदारले गुणस्तर पास गराएको अवस्थामा प्रहरीले कमसल कपडा लगाउनुपर्ने बाध्यता त छँदैछ, त्यसमाथि न त ठेकेदार नै कारबाहीको दायरामा आउँछन्, न मिलेमतोमा गलत रिपोर्ट दिने ल्याबलाई नै कारबाही गर्न सकिन्छ।  

कानुनविपरीत गर्नेलाई कारबाही गर्ने निकायकै कपडा खरिदमा प्रहरीकै संलग्नताबिना सम्भव नहुने विश्लेषण पनि भइरहेको छ। यसबारे जिज्ञासा राख्दा डिआइजी थापा भन्छन्, ‘त्यो पाटो अनुसन्धान नगरी बोल्न मिल्दैन। हामी अनुसन्धान गर्दैछौँ।’

यो पनि पढ्नुहोस्

कपडाको नक्कली नमुना भारत पठाएर प्रहरीलाई नै ठग्ने ठेकेदार पक्राउसोमबार, पुस १३, २०७७

 

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्