• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

प्रिकास्ट कंक्रिटमा नेपाल आत्मनिर्भर, कस्तो छ बजार मूल्य?

64x64
नेपाल लाइभ सोमबार, पुस २०, २०७७  ११:४२
1140x725

काठमाडौं–घर, रिसोर्ट, रेष्टुरेष्ट, विमानस्थल, सडक, फुटपाथ तथा भुइँलगायतको सजावटमा प्रयोग हुने प्रिकास्ट कंक्रिट प्रोडक्टको राजधानीमा प्राविधिक कार्यशाला सम्पन्न भएको छ। 

राजधानीको एक होटलमा भएको कार्यशालामा प्रिकास्ट कंक्रिटबाट निर्माण हुने इन्टरलक पेभर, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, टेक्स्टायललगायतका दुई दर्जन निर्माण सामग्रीको टेक्निकल तथा अन्य विविध पक्षका बारेमा जानकारी दिने उद्देश्यले कार्यशाला गोष्ठी आयोजना गरिएको हो। कार्यशाला तीन दिनसम्म सञ्चालन भएको थियो। 

कार्यशालाको पहिलो दिन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुरका विभिन्न वडाका वडाध्यक्ष र इन्जिनियरहरुको सहभागिता थियो। 

त्यसैगरी कार्यशालाको दोस्रो दिन कीर्तिपुर नगरपालिका र महालक्ष्मी नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र इन्जिनियरहरुको सहभागिता थियो।

कार्यशालाको अन्तिम दिन सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक, ठिमी नगरपालिकाका वडाअध्यक्ष तथा इन्जिनियर, नेपाल नापतौल तथा गुणस्तर नियन्त्रण विभागका निर्देशक, सडक विभागका इन्जिनियरहरु र काठमाडौं उपत्यकाका निर्माण व्यवसायीको सहभागिता रहेको थियो । 

सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पद्मकुमार मैनालीले गुणस्तरीय प्रिकास्टबाट निर्माण हुने निर्माण सामग्रीको बजार विस्तार हुदैं गएको बताए । ‘युरोप, अमेरिकी मुलुकमा धेरै वर्षदेखि प्रयोग हुँदै आए पनि नेपाली बजारमा भर्खरै प्रयोग बढ्दैं गइरहेको छ,’ उनले भने, ‘नेपालका प्रिकास्टका उत्पादक कम्पनीले गुणस्तरमा कुनै पनि प्रकारको सम्झौता नगरीकनै उत्पादन गर्नुपर्ने बेला भइसकेको छ ।’ 

निमित्त महानिर्देशक मैनालीले गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्ड अनुसार प्रिकास्ट कंक्रिट ब्लक (पेभर), प्रिकास्ट कक्रिंट कर्ब, एज (किनारा) गटर लगायतको उत्पादन गर्न निर्देशन दिएका छन् । ‘प्रिकास्ट कंक्रिट ब्लकले उद्योगकै रुपमा स्थापित हुनु निकै सकारात्मक कुरा हो,’ उनले भने, ‘सरकारले तथा निजी क्षेत्रले पूर्वाधार क्षेत्रमा ठूलो लगानी गरिरहेको परिप्रेक्ष्यमा यस्ता उद्योगको महत्व झनै बढ्दै गइरहेको छ।’

मैनालीले प्रिकास्ट कंक्रिट उत्पादन मात्रै होइन बजारीकरणमा समेत ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। कार्यशालामा सहभागी सरोकारवाला निकायले प्रिकास्ट कंक्रिटका निर्माण सामग्री मात्रै नभएर प्रिकास्टको फिटिङ गर्ने जनशक्ति पनि उत्पादन गर्दै लैजानुपर्ने सुझाव दिएका छन् । 

Ncell 2
Ncell 2
nimb
nimb

एसियन कंक्रिटोका निर्देशक अनिल जेटियाले तीन वर्षदेखि प्रिकास्ट कंक्रिटको उद्योग सञ्चालन गर्दै आएको बताए। ‘नेपालका प्रिकास्ट कंक्रिट उद्योगले युरोप, अमेरिकाका जस्तै गुणस्तरीय इन्टरलक पेभर्स, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर्स, ड्रेनलगायतका सामग्री उत्पादन गर्दै आइरहेको छ,’ उनले भने, ‘पर्याप्त मात्रामा बजारीकरण नहुँदा उत्पादनले राम्रो बजार पाइरहेका छैनन्।’ 

नेपाल गुणस्तर परिषद्को २०७७ कार्तिक २६ गते बसेको बैंठकले  प्रिकास्ट कंक्रिट ब्लक ९पेभर०, प्रिकास्ट कक्रिंट कर्ब, एज ९किनारा० गटर लगायतको मापदण्ड तोकेको छ। 

निर्देशक जाटियाले सरकार आफैंले प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीको मापदण्ड तोक्नु निकै सकारात्मक भएको बताए। ‘केही सीमित कम्पनीले मात्रै गुणस्तर खालको कंक्रिटका ब्लक लगायतका निर्माण सामग्री उत्पादन गरिरहेका छन्,’ उनले भने, ‘मापदण्ड बनेसँगै अब ग्राहकले गुणस्तर खालको प्रिकास्ट कंक्रिटको निर्माण सामग्री पाउने वातावरण बनेको छ।’ उनले प्रिकास्ट कंक्रिटको निर्माण सामग्री बनाउने उद्योगहरु नेपालमै स्थापित भइरहेको बताए। 

नेपालमा उत्पादन भएका प्रिकास्ट कंक्रिटका सामग्रीहरु पाँचतारे होटेल, रिसोर्ट, सडक, विमानस्थल, फुटपाथ, डिभाइडर (मिडियन) तथा भुइँलगायतका सजावटका लागि प्रयोग हुदैं आइरहेका छन्। 

Xtrem

Xtrem

निर्देशक जाटियाले स्वदेशी कच्चा पदार्थबाट प्रिकास्टका सामग्रीहरु निर्माण गरिरहेको बताए। ‘यसको मुख्य कच्चा पदार्थ भनेको सिमेन्ट, गिटी, बालुवा र रोडा हो’ उनले भने, ‘यी सबै सामग्री नेपालमै उपलब्ध छन् ।’

उनका अनुसार प्रिकास्ट कंक्रिटका सामग्रीले नेपालको हालको मागलाई सम्बोधन गर्छ । प्रिकास्ट कंक्रिटका सामग्री विभिन्न डिजाइन र विभिन्न रंगमा उपलब्ध छन् ।

यस्तो छ प्रिकास्ट कंक्रिटको बजार मूल्य
प्रिकास्ट कंक्रिट उत्पादन गर्दै आएका कम्पनीका अनुसार अहिले करिब दुई दर्जनभन्दा धेरै कंक्रिटका ब्लक, कर्बस्टोन, टायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर, ड्रेनलगायतका सामग्री बजारमा उपलब्ध हुदैं आइरहेका छन्।

एसियन कंक्रिटोका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष श्यामल झाले राष्ट्रिय गौरवका आयोजनामा समेत कंक्रिटका  कर्बस्टोन, पेभर, टायललगायतका निर्माण सामग्रीको माग बढ्दै आइरहेको बताए। 

‘हाम्रो कम्पनीले उत्पादन गरेको प्रोडक्ट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी विकास कोष, पोखरा, भरतपुर, काठमाडौ र ललितपुर महानगरपालिकामा प्रयोग भइरहेको छ, उनले भने, ‘त्यसबाहेक देशभर रहेका नगरपालिका, गाउँपालिका तथा सरकारले बनाएका सडकको फुटपाथ, डिभाइडर (मिडियन) मा समेत हाम्रो उत्पादन प्रयोग भइरहेको छ ।’ 

उपाध्यक्ष झाले नेपालमा उत्पादन हुने गुणस्तरीय कर्बस्ट्रोन एक किलोमिटर लम्बाईमा प्रयोग गर्दा भ्याटबाहेक १२ लाख रुपैयाँ लाग्ने बताए। गुणस्तरीय इन्टरलक पेभरको एक किलोमिटर लम्बाई र दुई मिटर चौडाइका लागि २५‍.३० लाख रुपैयाँ पर्छ।

त्यसैगरी इन्टरलक एयरपोर्टका लागि १.५ मिटर चौडाइ र एक किलोमिटर लम्बाइका लागि २५.५० लाख रुपैयाँ भ्याटबाहेक खर्च लाग्नेछ। लक्जरी खालको इन्टरलक फुटपाथ निर्माण गर्दा भ्याटबाहेक प्रतिवर्गमिटरका लागि  २५ सय ५३ रुपैयाँ लाग्ने उत्पादक कम्पनीले जनाएका छन्।

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  ११:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्