काठमाडौं-साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार भने बढेको छ।
साेमबार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्यसमेत बढेको छ। आइतबार १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १३ सय २५ रुपैयाँ मूल्य तोकिएको छ। सोमबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।