काठमाडौं- हिमायलन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले गत आर्थिक वर्ष २०७६/७७ मा एक करोड ७९ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा प्राप्त गरेका छन्। उनले गत वर्ष तलब बापत ८७ लाख ५५ हजार रुपैयाँ लिउका छन्। त्यस्तै भत्ता बापत ७८ लाख ४ हजार रुपैयाँ बुझेका हुन्।
उनले यसबाहेक टेलिफोन मोबाइल सुविधा दिए बापत ५ लाख ६ हजार रुपैयाँ लिएका हुन्। यस बाहेक उनले ९ लाख ११ हजार रुपैयाँ बुझेका छन्। राणाले यसका साथै गाडीको सुविधा र बीमाको सुविधा लिने गरेका छन्।
त्यस्तै सञ्चालकहरुले गत वर्ष १७ लाख ७७ हजार रुपैयाँ बैठक भत्ता बुझेका छन्। सञ्चालकहरुले टेलफोन तथा विविध सुविधा बापत ४२ लाख ९ हजार ६६५ रुपैयाँ बुझेका छन्। बैंकको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने तलब भत्ता तथा अन्य सुविधा बापत २९ करोड १६ लाख रुपैयाँ बुझेका हुन्।
बैंकले शेयरधनीहरुका लागि भने गत वर्षको मुनाफाबाट ६ प्रतिशत नगद लाभांस र १४ प्रतिशत बोनस शेयर प्राप्त गर्नेछन्। बैंकले पुस २७ गते २८ औ वार्षिक साधारणसभा डाकेको छ। हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। बोनस शेयर वितरण पछि बैंकको पुँजी १० अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ।
हिमालयन बैंकले सञ्चालकहरुको पारिश्रमिक भत्ता र सुविधाहरु बढाउने भएको छ। यस अगाडि अध्यक्षको प्रति बैठक भत्ता १३ हजार ५०० रुपैयाँ थियो।
साधारणसभामा बैंकले अध्यक्षको भत्ता बढाएर २० हजार रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ। त्यस्तै अन्य सञ्चालक सदश्यहरुले प्रति वैठक भत्ता १० हजार रुपैयाँ बुझ्दै आएकोमा अवदेखि १६ हजार रुपैयाँ प्राप्त गर्ने प्रस्ताव गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।