• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

वर्ष २०२० : कोरोनामा जेलिएको खेलकुद 

64x64
ऋग्वेद शर्मा शुक्रबार, पुस १७, २०७७  ०७:००
1140x725

काठमाडौं- कोरोना माहामारीले अप्ठ्यारोमा परेको सन् २०२० विश्व खेलकुदका लागि पनि बिर्सन नसकिने वर्ष बनेको छ। थोरै खेल धेरै खेलबाहिरको अवस्थाले प्रभावित हुँदा केही नयाँ विषयहरु पनि देखिए। वर्ष २०२० मा नेपाली खेल क्षेत्र ठप्पप्राय रहँदा २०१९ डिसेम्बरमा देखिएको दक्षिण एसियाली खेलकुदको उत्साह निरन्तर रहन पाएन। 

नेपालमा गएको वर्ष फेब्रुअरीमा सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि मच्छिन्द्र क्लबले जित्दासम्म खेलकुदको लय देखिएकै थियो। तर चलिरहेको ‘बी’ डिभिजन लिग बीचमै रोकिँदा र सुरु हुनै लागेको इपिएल जस्ता क्रिकेट प्रतियोगिता हुन नपाउँदा समस्या परिरह्यो। महामारीका कारण खेल क्षेत्र अप्ठ्यारोमा पर्दा खेलाडीमा जीवनयापनको कठिनाइसमेत आइपरे। 

विश्व खेलकुदमा अधिकांश खेलहरु भनिएको समयमा गर्न कोरोना बाधक देखियो। सन् २०१९ डिसेम्बरमा चीनमा देखिएको कोराना भाइरस २०२० को सुरुदेखि नै महामारीका रुपमा देखियो। जसले सन् २०२१ लाग्दासम्म नै प्रभाव पारिरहेकै छ। 

नर्वेका चेस स्टार मागनस चार्लसेनले लगातार १११ खेलमा अपराजित रहँदै विश्व कीर्तिमान बनाएको विषयदेखि ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डिन्हो नक्कली पासपोर्ट बोकेको आरोपमा पाराग्वेमा जेलमा परेको घटनाले पनि विश्व खेलकुद तरंगित बन्यो। 

गएको वर्ष मार्च १३ मा नै च्याम्पियन्स लिग र युरोपा लिगमा चलिरहेका खेलहरु रोकिए। जसले विश्व फुटबलमा कोरोनाको असर थपियो। २०२० मा हुने भनिएको युरोकप फुटबल नै स्थगित भएर अर्को वर्ष गर्ने घोषणा गरियो। २०२० मा नै हुने तय रहेको टोकियो ओलम्पिक पनि एक वर्ष पछि सार्ने निर्णय भयो।

अप्रिलमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफू अन्तर्गतका संघहरुलाई १५० मिलियन युरो कोरोना महामारीसँग लड्नका लागि सहयोग गर्ने घोषणा गरेको थियो। जसले आर्थिक संकटमा रहेको फुटबलमा केही राहत मिल्यो। 

गएको वर्ष अप्रिल ३० मा लिग रोकिएको समय शीर्ष स्थानमा रहेको पिएसजीलाई २०१९-२० को लिग वान विजेता घोषणा गर्दै प्रतियोगिता नै स्थगित गरियो। विश्व फुटबलमा चलेका अरु ठूला लिगहरु रोकिँदै चल्दै कठीन अवस्थाबाट विजेतासम्म पुग्यो। जसपछि नयाँ लिग पनि उही ढंगमा चलिरहेका छन्। कोरोनाले प्रभावित बने पनि च्याम्पियन्स लिग र युरोपा लिग फुटबलले केही उत्साह थप्दा दर्शकबिनाको मैदान खल्लो बनिरह्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

गएको वर्ष स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाड्ने हल्लाले पनि फुटबल जगतमा चर्चा बनिरह्यो। महँगो रिलिज क्लज देखाउँदै क्लबले उनलाई छाड्न दिएन जसले मेस्सी पुनः बार्सिलोनामा नै रोकिए। नयाँ सिजनको लिगमा कमजोर बनिरहेको बार्सिलोनामा अब जितको खोजिमा रहेको मेस्सीले बताइरहेका छन्। यो सिजनको अन्त्यपछि उनले क्लब छाड्नेछन् भन्ने खबरहरु फेरि हल्ला बनिरहेका छन्। 

गएको वर्ष नै नोभेम्बर २५ मा विश्व फुटबलका स्टार खेलाडी डिएगो म्याराडोनाको निधनले खेल जगत स्तब्ध बन्यो। सन् १९६०, अक्टोबर ३० मा अर्जेन्टिनाको राजधानी रहेको प्रान्त ब्युनेस एयर्सको लानुसमा गरिब परिवारमा जन्मेका म्याराडोनाले विश्व फुटबलमा आफ्नो बेग्लै उचाइ बनाए। बोका जुनियर, बार्सिलोना, नापोली जस्ता क्लबमा फुटबल कला देखाएका म्याराडोनाले अर्जेन्टिनालाई १९८६ को विश्वकप जिताएको सम्झना फुटबल प्रेमीले गरे। 

Xtrem

Xtrem

विश्व फुटबलमा व्यक्तिगत रुपमा दिइने विशेष मानिएको अवार्ड बालोन डि’ओर २०२० मा स्थगित गरियो। युइएफएले दिने वर्ष खेलाडीको अवार्ड भने केभिन डि ब्रायन र म्यानुअल नियोरलाई पछि पार्दै रोबर्ट लेवान्डोस्कीले जिते। लेवान्डोस्कीले नै फिफाले दिने वर्ष उत्कृष्ट खेलाडीको अवार्ड क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि पार्दै जिते। 

विश्व फुटबल जगतमा जस्तै क्रिकेटमा यो वर्ष कोरोना माहामारी नै केन्द्रमा देखियो। फ्रेन्चाइज लिग क्रिकेटदेखि अन्तरदेशीय क्रिकेट सिरिज पनि कोरोनाको प्रभावमा परिरह्यो। पछिल्ला केही महिना चलायमान देखिएको क्रिकेटमा दर्शक बिनाकै खेल चलिरहेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले प्रदान गरेको क्रिकेटर अफ दि डिकेड अवार्डमा अस्ट्रेलियाका स्टेभेन स्मिथ टेस्ट क्रिकेटर अफ दि डिकेड, अफगानिस्तानका रासिद खान टी ट्वान्टी क्रिकेटर अफ दि डिकेड साथै भारतका विराट कोहली क्रिकेटर अफ द डिकेड र एकदिवसीय क्रिकेटर अफ द डिकेड बने।

नेपाली क्रिकेट
आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालले घरेलु मैदानमा पहिलो सिरिज ओमन र अमेरिकाविरुद्ध फेब्रुअरी ५ देखि १२ सम्म त्रिवि क्रिकेट मैदानमा भयो। जसमा नेपालले अमेरिकासँगको दुई खेल जित्यो भने ओमनसँगको दुवै खेल हारेको थियो। 

कोरोना भाइरस सुरु भइसकेको अवस्थामा नेपालले थाइल्यान्ड गएर पनि क्रिकेट प्रतियोगिता खेल्यो। एसिसी इस्टर्न रिजन टी ट्वान्टीमा सिंगापुर, हङकङ, मलेसिया र थाइल्यान्ड रहेको समूहमा नेपाल चौथो भएको थियो। चार खेलमा एक खेल मात्र जितेको नेपालको खराब अवस्था देखियो। 

नेपालमा नै मार्च १४ देखि २८ सम्म हुने भनिएको एभरेस्ट प्रिमियर लिग प्रतियोगिता समेत कोरोनाकै कारण स्थगित भयो। अन्तिम तयारीमा पुगिसकेको प्रतियोगितामा विश्व प्रसिद्ध खेलाडीहरु आउने तय भइसकेको थियो। तर प्रतियोगिता हुन पाएन। त्यासँगै पोखरा प्रिमियर लिग, धनगढी प्रिमियर लिग जस्ता फ्रेन्चाइज टी ट्वान्टी क्रिकेट प्रतियोगिता पनि भएनन्। 

यही वर्ष नेपाली क्रिकेट टिमका प्रशिक्षक उमेश पटवालले अमेरिका र ओमनसँगको त्रिदेशीय सिरिजपछि राजीनामा दिए। अहिले नयाँ प्रशिक्षकका रुपमा डेभ वाटमोर आउने तय भइसकेको छ। 

अहिले दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पनि चलिरहेको छ। प्रतियोगितामा अब सेमिफाइनल र फाइनल खेलहरु बाँकी छन्। 

नेपाली फुटबल
भूकम्पपछि पुनर्निर्माण भएको दशरथ रंगशालामा १३औँ दक्षिण एसियाली खेलकुद आयोजनापछि ए डिभिजन लिग फुटबल सञ्चालन भयो। २०१९ को १४ डिसेम्बरबाट २०२० को फेब्रुअरी १५ सम्म सञ्चालन भएको लिग फुटबलको उपाधि मच्छिन्द्र क्लबले जित्यो। पहिलो पटक मच्छिन्द्र क्लबले जितेको उपाधिले नेपाली क्लब फुटबलमा नौलोपन देखिएको थियो। 

ए डिभिजन लिग सकिएपछि एन्फाले बी डिभिजन लिग सुरु गरिसकेको थियो। तर कोरोना माहामारीकै कारण चलिरहेको बी डिभिजन लिग रोकियो। रोकिएको बी डिभिजन लिग आउने फागुनमा हुने तय भएको छ। लिग खेल रोकिनुअघि सातदोबाटो युथ क्लब ६ खेलबाट १६ अंक बनाएर शीर्ष स्थानमा थियो। खुमलटार युथ क्लबको ५ खेलमा १३ अंक र बाँसबारी क्लबको ५ खेलमा ११ अंक रहेको थियो। 

कोरोना माहामारीका कारण खेलाडीहरुको फिटनेसमा नै समस्या देखिन थालिसकेको थियो। लामो समय मैदानबाहिर रहेका खेलाडीलाई मद्धत पुगोस् भन्ने हेतुले नेपालले बंगलादेशसँग मैत्रीपूर्ण दुई खेल खेल्यो। नोभेम्बर १३ मा भएको खेलमा २–० ले पराजित नेपाल नोभेम्बर १७ मा भएको दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो। 

अन्य पाटा
कोभिडका कारण रोकिएको खेल गतिविधि सञ्चालन गर्न सरकारले नोभेम्बर १२ मा अनुमति दिएसँगै बन्द रहेको खेल जगतमा केही नयाँ कार्यक्रमहरु देखिन थालेका छन्। त्यसपछि नै नेपालगञ्ज म्याराथन जस्तो प्रतियोगिता सम्पन्न भयो भने अन्य खेलका अभ्यासमा पनि केही सहज भएको देखिन्छ। 

दक्षिण एसियाली खेलकुद आयोजनाको जस लिएर सफल दरिएका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीबाट हटाइए। खेलकुद मन्त्रालयको जिम्मेवारीमा अहिले दावा लामा ल्याइएका छन्। दक्षिण एसियाली खेलकुदपछि कार्यकाल सकाएर राखेप सदस्यसचिव रमेश सिलवाल दोस्रो कार्यकालमा नियुक्त भइसकेका छन्। 

लामो समयको प्रतीक्षापछि खेलकुदको विकासमा काम हुने अपेक्षा रहेको ‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ यसै वर्ष लागु भयो। राष्ट्रिय खेलकुद परिषद (राखेप)मा सदस्यसचिव नियुक्ति हुने प्रक्रियादेखि राखेपमा रहने अन्य सदस्यको नियुक्ति जस्ता विषयदेखि खेल क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने गरी नयाँ ऐनको व्यवस्था भएको छ। 

खेल क्षेत्रलाई संघीयताको मर्मअनुरुप सञ्चालन गर्नसमेत यसको महत्व देखिन्छ। तर राखेपमा नै हुने ३७ सदस्यीय सञ्चालक परिषद र ७ जना रहने कार्यकारी समिति अनावश्यक ठूलो हुने भन्दै प्रश्न पनि उठिरहेकै छन्। खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेल संघहरू सबैबीच समन्वयको वातावरण बन्ने अपेक्षा देखिन्छ भने सँगै धेरै व्यक्तिको केन्द्रमै हुने जमघटले विवाद बढ्ने खतरा पनि देखिन्छ। 

प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्