• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘यो अनौठो आन्दोलन हो’ 

64x64
सराेज तामाङ सोमबार, पुस १३, २०७७  १२:००
1140x725

काठमाडौं- २०७४ चैत १ गते नेपालले एकदिवसीय क्रिकेटको मान्यता पायो। त्यसको तीन दिनपछि कलाकार कुमार कट्टेल (जिग्री)ले लेखे-दुःखेको देशलाई मलम लगाउने काम क्रिकेटले गर्‍यो। रंगशाला निर्माणको पहलकदमी लिन म तयार छु। 

राजनीतिमा रुमल्लिएको देशमा सबैको मन दुःखेको थियो। अस्थिर राजनीति दोहोरिँदै थिए। यही बेला जिम्बाब्वेमा नेपाली क्रिकेटले एकदिवसीय मान्यता पायो। निरासिएका जनतालाई क्रिकेटले खुसी दियो। प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मले नेपाली क्रिकेट टिम र खेलाडीलाई बधाई दिए। सरकारले पुरस्कार नै घोषणा गर्‍यो। तर एकदिवसीय मान्यतालाई अगाडि बढाउने योजनामा लाग्ने उपाय देखिएन। नेपाल क्रिकेट संघ (क्यान) आफैं निलम्बनमा थियो। सरकारले पुरस्कार दिनेबाहेक अरु कुरा कतै उठाएन।

चैत ४ गते कलाकार कुमार कट्टेल (जिग्री)ले पढ्नै पर्ने भनी एउटा फेसबुक स्टाटस लेखे- राजनीतिले हरेक दिन बिगार्दै गएको देशलाई क्रिकेटले वान डे मान्यता भित्र्याउँदै जोड्दै छ। दुःखेको देशलाई मलहम दल्ने काम क्रिकेटले गर्‍यो। अब दुःखेको क्रिकेटलाई मलहम लगाउने पालो देशको। हाम्रा खेलाडीहरु नेपाल आएपछि खेलाडीहरुसँग मन्त्रीज्युसँग र क्रिकेटको उच्च निकायसँग छलफल गरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियानको पहलकदमी लिन म तयार छु। यो सम्भव छ। विश्वमा ब्राजिल, अर्जेन्टिना फुटबलले चिनिए जस्तै नेपाललाई सगरमाथा र बुद्धको देशबाहेक क्रिकेटले चिनाउन सकिन्छ। हामी ५० लाख क्रिकेट प्रेमीबाट हरेक व्यक्ति एक हजार मात्र उठाए ५ अर्ब उठ्छ। अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन मेरो तर्फबाट २० हजार सहयोग गर्छु। के तपाईं यो अभियानको लागि तयार हुनुहुन्छ?

सबैको सकारात्मक प्रतिक्रिया पाएपछि कुमार कट्टेल एकीकृत बस्ती बसाइरहेका दाजु सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को मा पुगे। धुर्मुस सुन्तली फाउन्डेसनले धेरै एकीकृत बस्ती बसाउँदै जनतासँग जोडिएको थियो। क्रिकेट रंगशालाको नेतृत्व पनि फाउन्डेसनले गरे जनताको विश्वास दाजु भाउजुप्रति झन् बढ्ने उनको बुझाइ थियो। त्यो बेला धुर्मुस सुन्तली नमुना नेपाल बनाउने तर्खरमा थिए। नमुना नेपालको डिपिआरदेखि सर्वे सबै काम सम्पन्न भइसकेको थियो। जिग्रीको लविङपछि धुर्मुसले चैत १५ मा ‘नमुना नेपाल कि रंगशाला’ भन्दै पोस्ट गरे। सबैको प्रतिक्रिया रंगशाला निर्माणमा आएपछि भाइको प्रस्तावलाई लिएर धुर्मुस सुन्तली लागिपरे। 

जनस्तरबाट क्रिकेट रंगशाला बन्नु पर्छ भन्दै सुरुवाती आवाज उठाउने व्यक्ति जिग्री नै थिए। उनी भन्छन्, ‘यो रंगशाला बन्नुपर्छ भन्ने अभियानमा यो रंगशालाको चित्र कोर्ने व्यक्ति मै हुँ। त्यो बेला रंगशाला बनाउन म भूमिका खेल्छु भन्दै दाइसँग अडान नराखेको भए आज यो रंगशाला बन्दै गरेको हुने थिएन। राष्ट्रिय टिमका खेलाडी यो नमुना मैदानमा खेल्ने थिएनन् होला।’

दाइलाई साथ
रंगशालाको परिकल्पना गर्ने र ठूला रंगशाला बनाउनु पर्छ भन्दै सुरुको दिनदेखि नै जुटेका पात्र हुन् जिग्री। रंगशाला निर्माणको काम तीब्रगतिमा भइरहँदा अहिले उनलाई आफ्नो परिकल्पनाले सार्थकता पाउँदै गरेको भान हुन्छ।

हुन त उनका दाइका लागि उनी मात्रै हैन हजारौं लाखौं भाइहरु छन्। त्यसैले त बनिरहेको छ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला। त्यसैले त ठडिँदै छ रंगशालाका पिल्लरहरु।

Ncell 2
Ncell 2
nimb
nimb

‘लाखौं करोडौं सारथी हुनुहुन्छ। नेपाली दाजुभाइ दिदीबहिनीको यति ठूलो साथ र सहयोगले रंगशाला बनिरहेको छ। दाइप्रतिको सारथी भन्दा पनि जिम्मेवार युवाले राष्ट्र निर्माणको केही गर्नु पर्छ भन्ने हिसाबले म जोडिएको हो’, जिग्री भन्छन्।

यो यस्तो ऐतिहासिक काम भइरहेको छ, विश्वमै विरलै होला जनस्तरबाट रंगशाला निर्माण भएको। यसले विश्वलाई नै सकारात्मक सन्देश दिइरहेको छ। सरकारले निर्माण गरेको वर्षौदेखिको रंगशाला बन्न नपाई अलपत्र हुँदा अबको १५ महिनामा नै निर्माण भइसक्ने रंगशालाले सिंगो देशबासीमा सकारात्मक सन्देश गएको छ। जनता देश विकासमा कति आतुर छन्, कति समृद्धि चाहन्छन्? भन्ने कुरामा यो रंगशाला पनि एउटा उदाहारण हो। किनभने यहाँ जनताको लगानी छ। हुन त यसले कतै पनि विचलित नभइकन पारदर्शी हिसाबले निर्माण कार्यलाई अघि बढाउनु पर्छ भन्ने सन्देश पनि देशको नेतृत्व गर्नेलाई जान्छ।

जिग्री यो अनौठौ आन्दोलन भएको तर्क गर्छन्। नेता तथा सरकारले देशलाई विकास नगरी भ्रष्टाचार, अस्थिरता, विकृतिलाई जगेर्ना गरेको भन्दै रंगशाला निर्माण नै एउटा आन्दोलन भएको उनको बुझाइ हो। ‘यो सकारात्मक सन्देश प्रवाहको अनौठो आन्दोलन हो। यहाँ रंगशाला मात्रै बनिरहेको छैन। जनता विकास चाहन्छ भन्ने कुरा पनि प्रमाणित भइरहेको छ।’

त्यसो त, रंगशाला समयमै निर्माण सम्पन्न हुनु पर्छ भन्दै विगतको ‘भद्रगोल’ तथा अहिलेको ‘सक्किगो नी’ हाँस्य टेलिफिल्म टिम निर्माण अभियानमा जुटिरहेको छ। जन्मदिनदेखि कुनै कार्यक्रम हुँदा रंगशाला निर्माणमा आर्थिक सहयोग गरिरहेको जिग्री भन्छन्, ‘रंगशाला घोषणा हुँदा भद्रगोल टिमले त्यही गएर दुई लाख रुपैयाँ सहयोग गरेको थियो। काठमाडौंमा भएको रंगशाला घोषणा हुँदा पनि हाम्रो टिमले एक लाख सहयोग घोषणा गरेको थियो। हामीले यहाँ सक्किगो नी को शृंखला नै सुटिङ गरेका थियौं। यसको उद्देश्य रंगशालामा निर्माणमै केही सहयोग पुगोस भन्ने नै हो।’

जन्मेपछि मरेरै जाने हो। अरबपतिले पनि छोडेरै जाने हो। विलासिता जिन्दगी बाँचे पनि छोडेरै जाने हो। छोडेरै जाने सम्पतिको केही अंश, छोडेरै जाने जीवनको केही समय आफ्नो राष्ट्र, समाज र सन्ततिका लागि लगाइदिने हो भने योभन्दा राम्रो अमर कृति अरु हुन्छ र? जिग्री आफ्नो जिन्दगीको केही समय सामाजिक कार्यमा लगाउन पाएकोमा गर्व गर्छन्।

भन्छन्, ‘यो मेरो लागि यो एउटा अवसर हो। मेरो पछाडिको पुस्ताले हेर्दा पनि अथवा मेरै छोरा नातीले हेर्दा मेरो उत्पादनमुखी समय देशको लागि खर्चिएको थिएँ भन्दा मेरो जिन्दगीका पानाहरु पनि सुन्दर देखिन्छ जस्तो लाग्छ।’

यो मन त रंगशाला हो
देशमा एउटा पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला छैन। नेपाली क्रिकेट खेलाडीको लागि क्रिकेटको ‘मक्का’ भनेकै त्रिवि क्रिकेट मैदान हो। जहाँ एकदिवसीय क्रिकेट खेलाउन पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) आनाकानी गर्छ।

यस्तै संरचनाबाट हुर्किएका खेलाडी हुन्, पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने र सोमपाल कामी लगायतका खेलाडी। क्रिकेट खेल्न के छ र यहाँ? धेरैको प्रश्न तर जवाफ नआउने तीतो वास्तविकता यही हो। सरकारले कागजी रंगशाला त धेरै बनायो। मुलपानीको होस् या विराटनगरको। पोखराको अथवा कोहलपुरकै किन नहोस्। तर यो त सबै वर्षौदेखिको कागजी रंगशाला हुन्। न बन्छ नै, न खेल्न लगानी गर्न छाडिन्छ नै। 

यस्तो दुःखद परिदृष्टान्तबाट गुज्रिएको नेपालीका लागि भरतपुर महानगरपालिकास्थित रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धेरैको ढुकढुकी हो। यो रंगशाला हरेक नेपालीको सपनासँग जोडिएको छ। नमुना क्रिकेट मैदानमा राष्ट्रिय खेलाडीले खेलिसकेको अवस्था छ। यसले पनि थप महत्व दर्शाएको छ।

जिग्रीलाई रंगशाला निर्माणमा समय निकाल्न सजिलो भने छैन। लकडाउनको समयमा रंगशालातिरै केन्द्रित भए पनि ‘सक्किगो नी’ टेलिशृंखलाको भागहरु पुनः आउन थालेपछि अहिले उनलाई दुबैतिर समय निकाल्नु परेको छ। ‘सक्किगो नी लाई असाध्यै माया गरिदिनु भएको छ। सबैले रुचाउनु भएको छ। तपाईंहरुलाई झन राम्रो शृंखलाहरु देखाउँदै जानु हाम्रो कर्तब्य हो’, उनी थप्छन्, ‘कलाकारिताको माध्यमबाट पनि जनतालाई खुशी बनाउने ठूलो जिम्मेवारी छ। त्यो जिम्मेवारी वहन गर्न पनि सुटिङ गर्न जानै पर्छ। तर यो मन त मेरो रंगशाला हो।’

एक माध्यम 
राष्ट्रिय टिमका खेलाडीहरु, पदाधिकारी सबैसँग छलफल गरेपछि चितवन केन्द्र हुने गरी निर्माण गर्ने निर्णय गर्‍यो। तर योभन्दा अघि भरतपुर महानगरपालिकाले जग्गा दिने आश्वासन दिएको थियो। त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वनविज्ञान विश्वविद्यालयको मातहातमा रहेको जग्गामा भरतपुर महानगरपालिकाले सरकारबाट स्वीकृति लिँदै फाउन्डेसनसँग सम्झौता गर्‍यो। निर्माण थालिएको समयदेखि दुई वर्षभित्र काम सम्पन्न गरि धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता छ।

रंगशाला निर्माण थाल्दा सुरुका दिनमा फाउन्डेसनले केही समस्या तथा कष्टहरु नभोगेको भने होइन। रंगशाला निर्माणको लागि तारबार गरेको केही स्थानीयबासीले डोजरै लगाए पनि। तर पछि विवाद मिल्यो।

खुट्टा तान्ने भनेकै प्रगति भएकाको हो। जसले सफलता पाउँछ, राम्रो काम गर्छ उसैको आलोचना र विमति पनि। यस्तै आलोचना धुर्मुस सुन्तली फाउन्डेसनले भोग्यो। सरकारी जमिन निजी क्षेत्रलाई दियो। अब स्वामित्व उसैको हुन्छ भन्दै आलोचना गर्नेहरु पनि देखिए।

तर सम्झौतामै स्पष्ट भनिएको छ कि निर्माण सम्पन्न भएपछि फाउन्डेसनले रंगशाला भरतपुर महानगरपालिकालाई सुम्पिने छ। यो कुरा फाउन्डेसन र सरकारले स्थानीयलाई बुझाउन सकेनन् या राजनीतिकरण भयो। त्यो उनीहरु नै जानुन्। तर रंगशाला अहिलेको आवश्यकता भने पक्कै हो।

‘हामी पवित्र उद्देश्यले निस्वार्थ भावमा रंगशाला निर्माण गर्न लागेका थियौं। यसमा केही राजनीतिकरण, यसलाई केही गलत प्रचार, केही अफवाह फैल्याउने हिसाबले प्रयोग गरियो। जसको शिकार हामी भयौँ’, जिग्री थप्छन्, ‘कुन पार्टीका झोले, पार्टीका एजेन्ड हुन् लगायतका यति बिल्ला भिराइ दिनुभयो। यसले गर्दा सुरुमा काम गर्न अलिक गाह्रो नै भयो।’

यो आम नेपालीको लगानीमा निर्माण भइरहेको जनस्तरको रंगशाला हो। यहाँ धेरै नेपालको लगानी छ र हरेक नेपालीले खुलेर सहयोग गर्न सक्छन्। धुर्मुस सुन्तली फाउन्डेसन एउटा अभियन्ता मात्रै हो। स्वमित्व फाउन्डेसनको हुने छैन। फाउन्डेसनले एउटा पुलको रुपमा काम गरिरहेको छ। यो रंगशाला निर्माण सम्पन्न गर्न फाउन्डेसनको जति भूमिका छ त्यति नै भूमिका आर्थिक सहयोग गर्नेहरुको छ। तर अहिले ८-९ करोड रुपैयाँ उधारोमा काम चलिरहेको छ। नमुना क्रिकेट मैदान निर्माण सम्पन्न भइसकेको छ भने गौतम बुद्ध रंगशालाको मैदानको काम ८५ प्रतिशत सकिएको छ। २५३ जना कामदार रहेको यो ३० हजार दर्शक क्षमताको रंगशालाको प्याराफिटको निर्माण धमाधम थालिएको छ।

‘गल्ती गरिएको छैन। भ्रष्टाचार भएको छैन। कसैलाई दुःख दिइएको छैन। राष्ट्रको लागि गर्दा तिर्न सकिएन भने हासिखुसी हतकडी लगाउँला, जेल जाउँला। यो कसैको व्यक्तिगत सम्पति होइन। यो राष्ट्रको सम्पति हो। आम नागरिकले गर्व गर्न सक्ने खालको संरचना बन्दैछ’, उनी भन्छन्।

‘‘सरकारको यही परियोजना थियो भने ठेक्का पट्टाको नाममा करोडौं भ्रष्टाचार भइसक्यो। बजेट विनियोजन गर्दै निर्माणको नाममा करोडौं अनियमितता भइसक्थ्यो ढिलाई सुस्तीको कुरै नगरौं। यस्तै अनियमितता भएको धेरै संरचनाहरु छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय निर्माणमा भ्रष्टाचार भए छानाविन गरी कारबाही गर्नु पर्छ। तर देशकै शिर उच्च बनाउने रंगशाला निर्माणमा आलोचना र विवाद गर्नुभन्दा पनि सक्दो सहयोग र साथ दिनु नै आजको आवश्यकता हो। किनकी यो जनस्तरबाट निर्माण भइरहेको हाम्रो पनि रंगशाला हो।’’ 

यो पनि पढ्नुहोस्

गौतम बुद्ध क्रिकेट रंगशाला : गरेरै देखिएको उदाहरणीय कामसोमबार, मंसिर २९, २०७७

यो पनि पढ्नुहोस्

‘म बनाउँछु रंगशाला’बिहीबार, पुस ९, २०७७

यो पनि पढ्नुहोस्

धुर्मुससँग वार्ता : ‘मलाई नसोध कहाँ दुख्छ घाउ’शनिबार, पुस ४, २०७७

 

प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
युद्धबीच ‘एडल्ट कन्टेन्ट’लाई कानुनी मान्यता दिने तयारीमा युक्रेन, करबाट २५ करोड डलर उठाउने लक्ष्य सोमबार, भदौ २२, २०८३
४० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एएफडीको ठूलो जित, सत्ताको नजिक पुग्यो सोमबार, भदौ २२, २०८३
पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी सोमबार, भदौ २२, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्