• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘म बनाउँछु रंगशाला’

64x64
सराेज तामाङ बिहीबार, पुस ९, २०७७  ०९:२८
1140x725

चितवन- धेरैले रोजगारी गुमाए। दैनिक ज्यालामा चलेको परिवार समस्यामा पर्‍यो। कति भोकभोकै भए। कोरोनाको महामारीमा देशैभर मजदुरको समस्या जटिल रह्यो। त्यसबाट बाहिर निस्कन अहिलेसम्म मुस्किल भइरहेको छ। 

तर, चितवनको भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा काम गर्ने कामदारका लागि भने महासंकटमा पनि संकट आएन। नेपाली क्रिकेटप्रेमीको सपनाको रंगशाला यी कामदारका लागि पनि महामारी टार्ने माध्यम बनिरह्यो। 

लमजुङकी मनकुमारी गुरुङ भरतपुर महानगरपालिकामा कोठा डेरा गरी बस्छिन्। छोराछोरीको भविष्य उज्ज्वल बनाउन लमजुङदेखि चितवन झरेको धेरै भएको छैन। जीवनयापन ज्यालादारी कृषिबाट चलिरहेको थियो। मनकुमारीका श्रीमान् अहिले पनि कृषि कर्ममै छन्। मनकुमारी रंगशालाको काममा छिन्। जसले अप्ठ्यारो पर्दा उनीहरुलाई भरथेग भइरह्यो। 

गत वर्ष चैतदेखि नै कोरोना महामारीका कारण जनजीवन सामान्य रहेन। कठिन समयमा नै सरकारले पनि आँखा चिम्लिदियो। धेरै भोकभोकै रहे। कतिले सडकमै दिन बिताए। यस्तोमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा काम गर्नेहरुले भने आर्थिक संकटको भार खेप्नु परेन। करिब एक महिना काम रोकिए पनि बैशाख २० बाट काम पुनः सुरु भयो। अहिले पनि दैनिक २ सय ५३ जना कामदार निर्माणमा जुटिरहेका छन्।

तीनै कामदारमध्येकी हुन्, मनकुमारी। रंगशाला निर्माण सुरु गरिएको दिनदेखि नै काममा खटिएकी मनकुमारी यसैको पारिश्रमिकले कोठा भाडा तिर्न र छोराछोरी पढाउन पुगिरहेको बताउँछिन्।

‘पारिश्रमिक त बराबरी नै हो। कृषिको काममा पनि दिनको ५ सय रुपैयाँ नै दिन्थ्यो यहाँ पनि त्यति नै छ। यस्तो लकडाउन हुँदा पनि काम रोकिएन। लकडाउन हुँदा काम नभएको भए बेहाल नै हुने थियो। यहाँकै पैसाले भाडा तिर्नेदेखि बच्चाहरु पढाउन पुग्छ’, उनी भन्छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

यो भन्दा अघि उनी कृषि क्षेत्रमा ज्यालामा काम गर्न जान्थिन्। त्यसमा एक ठाउँमा मात्रै नभइ विभिन्न स्थानमा जानुपर्ने हुन्थ्यो। तर मनकुमारीलाई साइकल चलाउन नआउने भएपछि अलिक टाढाको काम कष्टकर नै लाग्थ्यो। त्यसैले उनी नजिकै काम पाउने भएपछि रंगशालामा आइन्।

हँ! बन्छ र?
सरस्वती शर्मा रंगशालामा काम गर्न भनेर आएको धेरै समय भएको छैन। तिहारपछि मात्रै उनी रंगशालामा दैनिक काम गर्न आएकी हुन्। भरतपुर महानरपालिकामै हुर्किएकी सरस्वतीको कल्पनामा पनि यस्तो रंगशाला बनाउने पनि काम हुन्छ भन्ने कहिल्यै लागेन। 

धुर्मुस सुन्तली फाउन्डेसनको नेतृत्वमा जनस्तरबाट रंगशाला निर्माण गर्ने भन्ने कुरा धेरै भरतपुरवासीले सुरुमा पत्याएका पनि थिएनन्। सरस्वतीलाई पनि यस्तै लागेको थियो। स्याल कराउने जंगलमा क्रिकेट रंगशाला! त्यो पनि दुई वर्षमा। हुन पनि वर्षौंदेखि सरकारले निर्माण गर्ने भनेर थालेको अन्तर्राष्ट्रिय रंगशाला अलपत्र परिरहेको सबैले देखिरहेकै छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरस्वती भन्छिन्, ‘चितवनमा यस्तो रंगशाला बन्छ भनेर सोचेका पनि थिएनौँ। हामी सानो हुँदा यहाँ विश्वविद्यालय बन्छ भन्ने सुन्थ्यौँ, यो त गौचरण थियो। पूरै झाडी। यस्तो हुन्छ जस्तो कहिल्यै पनि लागेन।’

गौतम बुद्ध रंगशाला निर्माणले धेरैलाई रोजगारी दिएको सरस्वतीको बुझाइ छ। ‘यो रंगशालाले बेरोजगारका लागि रोजगारी सिर्जना गरेको छ। अप्ठ्यारो समयमा गरिब दुःखीहरुको चुलो बलेको छ’, मैदानतर्फ हेर्दै सरस्वतीले भनिन्। 

मनकुमारीसँगै लमजुङका मनमाया र चेकमाया गुरुङ पनि सुरुको दिनदेखि नै रंगशाला निर्माणमा खटिरहेका छन्। कोठैमा बसेको भन्दा काम गरे पैसा आउँछ भन्ने हेतुले मनमाया र चेकमाया पनि श्रम गर्न जुटिरहेका छन्।

पैसा पनि पाइने रंगशाला बनाउन योगदान पनि पुग्ने। यही बुझेका छन्, सबै कामदारले। मेरो रंगशाला, राष्ट्रको रंगशाला भन्ने भाव जागेको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल भन्छन्, ‘स्टाफहरु यतिसम्मको लगनशील छन् कि बरु पैसा चाहिँदैन तर काम रोकिनु भएन भन्नु हुन्छ। सबैलाई मेरो रंगशाला हो, जसरी पनि बनाउनुपर्छ भन्ने भएको छ।’

नमुना क्रिकेट खेल मैदानको पूरा काम सम्पन्न भएको छ। यही मैदानमा बागमती प्रदेश क्रिकेट संघले ‘गौतम बुद्ध कप’ टि ट्वान्टी प्रतियोगिता समेत आयोजना गर्‍याे। अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदानको काम ८५ प्रतिशत सम्पन्न भएको छ भने करिब २२ लाख लिटर पानी आट्ने ‘ड्रेन’ शतप्रतिशत सम्पन्न तथा स्ट्यान्ड ‘ए’ र स्ट्यान्ड ‘बी’ गरी करिब ३० हजार दर्शक क्षमताको प्याराफिटको जगको काम सम्पन्न भइसकेको छ। अहिले प्याराफिट उठाउने काम जारी छ।

कामहरु धेरै गरिरहे पनि रंगशाला तथा मैदानको काम कहिल्यै नगरेको तर यहाँ जति रमाइलो अन्त नभएको कामदारको तर्क छ। मनमायालाई पनि यस्तै लाग्छ। भन्छिन्, ‘काम गर्न थालेको एक वर्षभन्दा बढि भयो। घरमा केही काम पनि थिएन। त्यही भएर म पनि काम गर्नको लागि यहाँ आएँ। खुसी लाग्छ। आफ्नै रंगशाला, आफ्नै देशको रंगशाला भनेर काम गरिरहेको छु।’

मनमायाले यति भनिनसक्दा चेकमाया गुरुङले थपिन्, ‘योभन्दा पहिले मैदानमा काम गरेको थिइनँ। यहाँ सरहरुले जे भन्नु हुन्छ त्यही काम गर्ने हो। काम पनि सजिलो। अहिले त खेल पनि हेर्न पाइने।’

प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  ०९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्