काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश-१ को शनिबार हुन लागेको निर्वाचन रोकिएको छ। उच्च अदालत विराटनगरले निर्वाचनका लागि निषेधाज्ञायुक्त परमादेश जारी गरेसँगै निर्वाचन रोकिएको हो।
उच्च अदालत विराटनगरका न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले महासंघका नाममा शुक्रबार निषेधाज्ञायुक्त परमादेश जारी गरेको छ।
सुशील धनावतको सञ्चालनमा रहेको गर्ग प्रिन्टर्सले निषेधाज्ञायुक्त परमादेश जारी गरी पाऊँ भन्दै बिहिबार उच्च अदालतमा रिट हालेका थिए।
अदालतले दुबै पक्षलाई यही १४ गते छलफलमा समेत बोलाएको छ। छलफलमा बोलाउँदै उक्त अवधिसम्मका निर्वाचन नगर्नू, नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।