काठमाडौं-साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।
शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन तोलामा ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
तर चाँदीको मूल्य भने स्थिर छ। बिहीबार तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।