काठमाडौं- राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि करको झुटा तथा नक्कली बिजक प्रयोग गरी तथा सामानको गलत विवरण घोषणा गरी राजस्व चुहावट गरेको अभियोगमा ३ फर्मविरुद्ध राजस्व चुहावटको मुद्दा दायर गरेको छ।
विभागले ललितपुर महानगरपालिका वडा नम्बर २ सानेपामा रहेको कविला सप्लायर्स सेन्टरका प्रोप्राईटर नवलकिशोर चौधरीविरुद्ध २ करोड १४ लाख रूपैयाँको मुद्दा दायर गरेको छ।
यसैगरी शिवम प्याकेजिङ एण्ड सप्लायर्सका प्रोप्राइटर सितादेवी जयसवाल विरुद्ध पनि ५ करोड ८८ लाख रूपैयाँको मुद्दा दायर गरिएको विभागले जनाएको छ।
कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं जय श्री गौतम सप्लायर्सका सञ्चालक मुकेशप्रसाद चौधरीविरुद्ध ५ करोड ३२ लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ।
विभागले पोखरा-२२ स्थित अनुस्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिमल्सिनासहित ३ जनाबाट १ करोड ८२ लाख रूपैयाँ बिगो माग गर्दै मुद्दा पनि दायर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।