काठमाडौं-बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ तोकिएको छ। मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदी मूल्यमा समेत उल्लेख्य गिरावट आएको छ। बुधबार एकै दिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको हो।
मंगलबार १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि १२ सय ६५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।