काठमाडौं- अघिल्ला वर्षमा पाम तेलको व्यापार जस्तै यसपटक नेपालबाट निकासी हुने वस्तुको सूचीको अग्रस्थानमा छ भटमासको तेल। भटमासको तेल नेपालमा उत्पादन भएर बाहिर निर्यात भएको होइन, कच्चा पदार्थ आयात गरेर प्रसोधित तेल नेपालबाट निर्यात भइरहेको छ।
भन्सार विभागको तथ्यांकअनुसार मंसिरमा मात्रै ८ लाख ८० हजा लिटर कच्चा पदार्थ आयात भएको छ। नेपालबाट ८ लाख ४० हजार लिटर तेल निकासी भएको छ।
आयातभन्दा निर्यात थोरै भए पनि मूल्यमा भने ५ करोड रूपैयाँभन्दा धेरै फरक छ। नेपालमा ८ करोड रूपैयाँको कच्चा पदार्थ आयात भएको छ भने १३ करोड रूपैयाँ बराबरको तेल निर्यात भएको छ।
'विगतमा भारतले पैठारीमा रोक लगाइदिएपछि पाम तेलको जे हालत भएको थियो, अब भटमासको पनि त्यही नहोला भन्न सकिँदैन,' भन्सार विभागका एक अधिकारीले भने, 'भटमासको तेलको व्यापार भयो भनेर खुशी हुने अवस्था छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।