• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

राजस्व परामर्श समिति र सिएनआईबीच छलफल

64x64
नेपाल लाइभ मंगलबार, पुस ७, २०७७  १८:४३
1140x725

काठमाडौं- राजस्व परामर्श समितिले समितिको संरचनामा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दै आर्थिक वृद्धि तथा निजी क्षेत्रमैत्री राजस्व नीति तथा प्रशासनिक सुधारमा नेपाल उद्योग परिसंघसँग सहकार्य गर्ने भएको छ। स्थायी प्रकृतिको राजस्व परामर्श समिति गठन गरेपछि नेपाल उद्योग परिसंघमा आयोजित छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको माग अनुसार नै राजस्व नीति निर्माणको स्थायी संयन्त्र गठन भए पनि निजी क्षेत्रका सहभागिताको प्रश्न उठेको बताए। 

समितिमा निजी क्षेत्रको पनि स्थायी प्रकृतिकै सहभागिता रहनुपर्ने र त्यसले मात्र राजस्वका नीतिगत तथा प्रशासनिक सुधारमा योगदान गर्न सक्ने ठहर परिसंघले गरेको पनि अध्यक्ष मोरले उल्लेख गरे। कोभिड तथा अन्य संकटले समस्यामा परेका तथा नयाँ अवसरको खोजीमा रहेका लगानीकर्ताहरुलाई उदार कानूनी व्यवस्था तथा कर सहुलियत मार्फत आकर्षित गरि अर्थतन्त्र चलायमान बनाउन एक कदम अघि बढेर नीतिगत सुधार गर्न पनि अध्यक्ष मोरले समितिलाई आग्रह गरे। 

परिसंघको धारणा सुनेपछि समितिका अध्यक्ष महेशप्रसाद दाहालले समितिमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने प्रक्रिया अघि बढेको जानकारी गराएका छन्। निजी क्षेत्रको संस्थागत सहभागिताले अपेक्षा गरे अनुसार राजस्वको नीतिगत तथा प्रशासनिक सुधारमा समितिले सरकारलाई सुझाव दिन सक्ने विश्वास लिइएको अध्यक्ष दाहालले उल्लेख गरे। 

राजस्व नीति तथा प्रशासनको सुधारले करको आधार तथा दायरा विस्तार गर्न सकिने र राजस्व नीतिलाई लगानी तथा व्यवसायमैत्री बनाउन पनि परिसंघ र यसमा आबद्ध व्यवसायिक क्षेत्रलाई विश्वासमा लिई सरकारलाई सुझाव दिइने अध्यक्ष दाहालले विश्वास दिलाए। 

समितिका सदस्य निर्मलहरि अधिकारीले राजस्व तथा करमा वर्षौँदेखि अल्झिएर रहेका भ्याटको बहुदर, व्यापार सम्झौताहरुका कारण कर तथा राजस्वका दर र यसले उद्योग व्यवसायमा पारेको प्रभाव तथा भन्सार दरहरुमा देखिएका समस्याका बारेमा समितिले निजी क्षेत्रसँग थप छलफल गरेर निष्कर्षमा पुग्ने बताए। उत्पादनमुखी बनाएर अर्थतन्त्रलाई चलायमान बनाउँदै राजस्व बढाउने तर्फ नीतिगत रुपान्तरणका लागि समितिले काम गर्ने पनि सदस्य अधिकारीले उल्लेख गरे। 

Ncell 2
Ncell 2

समितिका सदस्य सचिव भूमिराम शर्माले राजस्व परामर्श समितिले स्वायत्त संस्थाको रुपमा सरकारलाई राजस्वका सुझाव दिइने भन्दै समितिका उद्देश्य बारे जानकारी गराएका छन्। 

सो अवसरमा परिसंघ राजस्व समितिका संयोजक राहुल अग्रवालले राजस्व तथा करका नीति र प्रशासनिक प्रक्रियामा देखिएका समस्याहरु बारे प्रस्तुति दिएका थिए। प्रस्तुतिमा निर्यातमा दिइनु पर्ने सहुलियत, सरकारले घोषणा गरेका शुल्क तथा सहुलियत कार्यान्वयनमा भइरहेको ढिलाई, अन्त:शुल्कको दायरा बढाइनु, डिजेलको खपतमा उद्योगहरुले पाउनु पर्ने भ्याट फिर्ता रोकिनु लगायतका विषयहरु समेटिएको थियो। 

छलफलको समापन गर्दै परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रको सहभागिता बढाउने र संवादमा जाने समितिको अग्रसरताले राजस्वको नीतिगत तथा प्रशासनिक सुधारका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे। अहिलेको व्यवसायिक पुस्ताले पारदर्शी कारोबार गर्दै व्यवसाय अघि बढाउँदा आफ्नो व्यवसाय र समग्र अर्थतन्त्रको वृद्धी हुन्छ भन्ने विश्वास राखेको उनले बताए। 

छलफलमा परिसंघका उपाध्यक्षहरु सुलभ अग्रवाल, विरेन्द्रराज पाण्डे सहित परिसंघमा आबद्ध अन्य व्यवसायीहरु तथा समितिका अधिकारीहरुको उपस्थिती थियो ।

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज !
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। १० ग्राम सुनको मूल्य २ लाख... मंगलबार, फागुन २६, २०८२
एकैदिन तोलामा ११ हजार घट्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ । बुधबार, फागुन २०, २०८२
नेप्से ३८ दशमलव ५२ अंकले वृद्धि व्यापार बाहेक सबै उपसमूहहरू बढ्यो । व्यापार ३१ अंकले घट्यो भने जीवन बिमा १३६.०४, उत्पादन तथा प्रशोधन १३७.८१ र होटल तथा पर्यटन ११६.६२... मंगलबार, फागुन १९, २०८२
ताजा समाचारसबै
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता बिहीबार, फागुन २८, २०८२
कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु बिहीबार, फागुन २८, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्