काठमाडौं-सुनको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९४ हजार ९ रुपैयाँ तोकिएको छ। सोमबार छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ।
सोमबार १३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।