काठमाडौं- विश्व बैंक र नेपाल सरकारबीच ग्रमीण उद्यमशीलता र आर्थिक विकास आयोजनाका लागि ९ अर्ब ४४ करोड रूपैयाँ (८ करोड अमेरिकी डलर) बराबरको ऋण सम्झौतामा हस्ताक्षर भएको छ। महामारीपछिको उद्यमशीलता र कृषिको विकासका लागि विश्व बैंकले यो ऋण दिन लागेको हो।
ऋण सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल, श्रीलंका र बंगलादेशका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन्।
आयोजनाअन्तर्गतको रकम बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उद्यमी र बजारको सम्बन्ध स्थापित गर्ने गरी क्षमता विकासमा परिचालन गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।