काठमाडौं–सोल्टी होटलले पुराना कर्मचारीलाई गोल्डेन ह्यान्डसेकसहित बिदाइ दिने निर्णय गरेको छ। पुराना कर्मचारीबाट उत्पादनमूलक काम कम हुने र हरेक वर्ष होटलको खर्च बढ्दै गएपछि पुराना कर्मचारीलाई स्वेच्छिक अवकासका लागि अनुरोध गरिएको एक सञ्चालकले जानकारी दिए।
यो होटलको नियमित प्रकृया रहेको उनले प्रस्ट पारे। होटलमा पुराना कर्मचारीको संख्या बढ्दै गए पछि नयाँ कर्मचारी राख्न यस्तो नीति लिएको उनले जानकारी दिए।
होटलले कम्तिमा पनि ४० प्रतिशत कर्मचारीलाई बिदाइ गर्ने योजना बनाएको छ। स्वेच्छिक अवकास लिने क्रममा यदि कर्मचारीले आफ्ना छोराछोरीलाई जागिर लगाउन चाहेमा होटलले नियुक्तिको अवसर दिने भएको छ। होटल सञ्चालक समितिले व्यवस्थापनलाई अवकास दिने कर्मचारीको सूची तयार पार्न निर्देशन दिएको छ।
होटलले ५ देखि १८ वर्ष तथा त्यो भन्दा लामो समय काम गरेका कर्मचारीलाई स्वेच्छिक अवकासका लागि आह्वान गर्नेछ। स्वेच्छिक अवकासमा जाने कर्मचारीलाई उनीहरुको यसअगाडिको योगदानलाई हेरेर गोल्डेन ह्यान्डसेक दिने योजना बनाएको छ। यस्तो प्रकृया कोभिड अगाडिदेखिकै भएकाले भोलिका दिनमा पनि चलिरहने एक सञ्चालकले बताए। भोलिका दिनमा पनि पुराना कर्मचारीलाई हटाउन यो नीति लिने होटलको कार्यतालिका छ।
कोभिड–१९ का कारण होटल लामो समय बन्द रह्यो। अझै केही समय पूर्ण रुपमा सञ्चालनमा आउन नसक्ने भएकाले पुराना कर्मचारीलाई हटाएर अहिलेको सञ्चालन खर्च कटौती गर्ने नीति लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।