राजविराज– वैदेशिक रोजगारका लागि साउदी पुगेका सप्तरीका एक युवकको मृत्यु भएको छ।
खडग नगरपालिका ९ लालपट्टीका २४ वर्षीय सञ्जय साहको एक साताअघि मंगलबार मृत्यु भएको हो। सोमबार काम गरेर कोठा फर्केका साह सुतेकै ठाउँमा मृत भेटिएको उनका साथीहरुलाई उद्धृत गर्दै दाजु उमेश साहले जानकारी दिए।
सोमबार साँझ सुत्नुअघि उनले फोनमा परिवारसँग कुरा गरेका थिए।
२०७३ असार ९ गते मिडिल इस्ट म्यानपावर कम्पनी मार्फत साउदी पुगेका साहले अल्फानार कन्सट्रक्सन कम्पनीमा कम्प्युटरको काम गर्दै आएका थिए। मृतकको शव नेपाल ल्याउने प्रयास भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।