काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न समितिका सभापति चयन भएका छन्। आइतबार महासंघमा आयोजित एक कार्यक्रमकाबीच महासंघका अध्यक्ष शेखर गोल्छाले पदाधिकारीहरूको उपस्थितीमा विभिन्न समिति तथा फोरमका सभापति चयन गरेका हुन्।
कार्यकारिणी समिति सदस्यहरूलाई कार्यक्षेत्र सहित सभापतिको औपचारिक पत्र दिइएको हो। क्षेत्रगत समितिहरुमा उद्योग समिति भरतराज आचार्य, व्यापार समिति विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समिति डिबी वस्नेत, महिला उद्यमी विकास समिति रिता सिंह, स्थल यातायात तथा पारवहन समिति प्रकाश सिंह कार्की, कर तथा राजस्व समिति संदिप कुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समिति ज्योत्सना श्रेष्ठ, सूचना तथा संचार प्रविधि विकास समिति मंगेशलाल श्रेष्ठ र बैंक, वित्तिय तथा बीमा समितिमा शाहिल अग्रवाललाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समिति आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एण्ड इनोेभेशन समिति रञ्जितराज आचार्य, स्थानीय विकास समिति सुरकृष्ण वैद्य र स्वास्थ्य तथा सीप विकास समिति हेमराज ढकाल, निर्यात प्रवर्द्धन समिति मनिषलाल प्रधान, व्यापार मेला समिति नरेन्द्र खडका, उर्जा तथा वातावरण समिति गोपाल खनाल र सहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिमा चयन गरिएको छ।
त्यसैगरी फोरमतर्फ द्विर्राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरममा देश बन्धु बस्नेत (अजित), सामाजिक तथा स्वास्थ्य सेवा फोरम राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरम आकाश अधिकारी, पुँजी बजार फोरम अम्बिका प्रसाद पौडयाल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ।
विभिन्न समितिका सभापतिहरुको चयन पछि अध्यक्ष गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाउने कार्यकारिणी समितिका सदस्यहरूले सिंगो निजी क्षेत्रलाई शसक्त ढंगबाट अगाडि बढाउने पहल गर्ने विश्वास व्यक्त गरे। महासंघको गरिमा उच्च बनाउने कार्यमा आ–आफ्नो जिम्मेवारीलाई परिणाममुखी ढंगले निर्वाह गगर्ने अपेक्षा आफूले गरेको गोल्छाले बताए।
वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नवनियुक्त सभापतिहरूलाई बधाई सहित जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न आग्रह गरे। कार्यक्रममा उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।