• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सहकारीमा ‘ब्रान्डिङ’को लफडा, कानुनी आधारबिनै प्रमाणीकरण कार्यक्रम सञ्चालन

64x64
नेपाल लाइभ शनिबार, पुस ४, २०७७  १३:५५
1140x725

काठमाडौं- बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु (साकोस) लाई ‘ब्रान्डिङ’ गर्ने विषय विवादमा परेको छ। साकोसहरुको गुणस्तर र वित्तीय अनुशासन कायम राख्नका लागि स्तरीकरण तथा प्रमाणीकरण गर्ने र ‘ब्रान्ड’ दिने विषयमा सहकारी अभियान र नियामक निकाय सहकारी विभागबीच मतभिन्नता देखिएपछि विवाद सिर्जना भएको हो। 

अहिले बचत तथा ऋणको कारोबार गर्ने केही सहकारी संस्थाहरुलाई नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को समन्वयमा एसियाली ऋण महासंघ (आकु) ले ‘एक्सेस ब्रान्ड’ (एवान कम्पेटीटीभ च्वाइस फर एक्सेलेन्स इन सर्भिस एन्ड साउन्डनेस) कार्यक्रममार्फत् प्रमाणीकरण र स्तरीकरण गरिरहेको छ। त्यस्तै, नेफ्स्कुन आफैंले ‘प्रोबेसन’ (प्रोग्राम फर बिल्डिङ एब्सुलेट एन्ड प्रोफेसलाइजेसन), ‘जोखिममा आधारित सुपरीवेक्षण कार्यक्रम’ (कब्र्स), र पछिल्लो समय  ‘आधारशीला’ कार्यक्रमलाई पनि सहकारी प्रमाणीकरण र स्तरीकरणको रुपमा अगाडि बढाईरहेको छ। राष्ट्रिय सहकारी बैंक लिमिटेडले पनि ‘एनसिबिएल केयर’ नाममा प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ।

साकोस प्रमाणीकरणका यी सबै कार्यक्रमको कार्यान्वयनमा कानुनी जटिलता देखिएको र ब्रान्डप्राप्त सहकारीमा वित्तीय अनुशासन पालनाको प्रत्याभूतिसमेत हुन नसकेको कारण देखाउँदै सहकारी विभाग अलग्गिएपछि यो विषय थप पेचिलो बनेको छ। 

सहकारी विभागका रजिस्ट्रार डा. टोकराज पाण्डे सहकारीको प्रमाणीकरण कार्यक्रममा थुप्रै सैद्धान्तिक र कानुनी जटिलताहरु रहेको बताउँछन्। ‘सहकारीको प्रमाणीकरण गर्नु आफैंमा राम्रो काम हो। राम्रो कामलाई अगाडि बढाउनुपर्छ। तर यसमा विभागको भूमिका हुनपर्छ भनेर कानुनले निर्धारण गरेको छैन। यही विषयलाई मैले उजागर गरेको हुँ,’ रजिस्ट्रार पाण्डेले भने। 

सहकारीको प्रमाणीकरण सहकारीका सदस्यले चाहेको विषय हो वा सहकारी अभियानको नेतृत्वले जबरजस्ती लाद्न खोजेको विषय हो भन्नेमा पनि स्पष्ट हुनुपर्ने पाण्डेको भनाइ छ। ‘प्रमाणीकरण कार्यक्रम डिमान्डमा आधारित हो वा सप्लाईमा आधारित हो बुझ्न जरुरी छ।  सहकारी संस्थालाई त्यो आवस्यक छ कि छैन भनेर हेर्ने कि नहेर्ने?’ उनले भने। ‘यसले कानुनकाे परिपालनामा कस्तो असर गरेको छ? विद्यमान नीति नियमभन्दा बाहिर गएर संचालन भएको हो कि? लगायत धेरै कुराको विश्लेषण गरिनु आवस्यक छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल भने साकोस प्रमाणीकरणको विषयमा विभागले दोहोरो चरित्र देखाएको बताउँछन। ‘संघीय विभागले प्रमाणीकरण नगर्ने तर अनुगमनका लागि आफ्नो भूमिका खोज्ने कसरी हुनसक्छ? सहकारीको प्रवर्द्धन र नियमनका लागि आफ्नो कार्यक्षेत्र कति हो भन्ने विषयमै विभाग स्पष्ट छैन,’ पौड्यालले भने। 

त्यस्तै सहकारीको प्रमाणीकरण र स्तरीकरण कार्यक्रमका लागि नेफ्स्कुनले विगतमा विभागसँग गरेको सम्झौता नै कानूनी आधार रहेको पौड्यालले बताए। ‘ब्रान्डिङ कार्यक्रम चलाउने भनेर हामीले विभागसँग सम्झौता नै गरेका छौ। त्यही सम्झौताअनुसार विभागको पनि यसमा सहभागिता हुनुपर्ने हो। तर कानूनी धरातल खोजेर विभाग पन्छिन खोज्यो,’ नेफ्स्कुन अध्यक्ष पौड्यालको भनाइ छ।

यसै वर्षबाट एससिबिएल केयर नामको प्रमाणीकरण कार्यक्रम सुरु गरेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको भनाइमा  प्रमाणीकरण, स्तरीकरण र ब्रान्डिङ कार्यक्रम सहकारीको प्रवर्द्धन, नियमन र आर्थिक अनुशासनसँग सम्बन्धित रहेकाले यसमा विभाग र राष्ट्रिय सहकारी महासंघको मुख्य भूमिका हुनुपर्ने बताउँछन। ‘महासंघ र विभागको अगुवाईमा स्पष्ट रुपमा कार्यविधि बनाएर वित्तीय र गैरवित्तीय दुवै खालका सहकारी संस्थाका लागि प्रमाणीकरण कार्यक्रम ल्याइनुपर्छ,’ उनले भने। 

Xtrem
Xtrem

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल प्रमाणीकरण कार्यक्रमबाट विभाग अलग्गिनुले सहकारी अभियानमा नराम्रो सन्देश गएको बताउँछन्। ‘नियामक निकाय जोडिएको संस्थामा समस्या आउँदा विभाग पनि मुछिन्छ भनेर भागेको जस्तो देखियो। जुन गलत हो। ब्रान्डिङ गर्ने विषयमा कार्यविधि बनाएर अगाडि जान महासंघका तर्फबाट पहल भईरहेको छ,’ उनले भने। 

केही समयअघि दोलखा जिल्लामा रहेको एउटा ब्रान्ड प्राप्त संस्था मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थामा समस्या आएको विषय बाहिरिएपछि सहकारी विभागले सहकारी प्रमाणीकरणका सन्दर्भमा कानूनी आधार खोज्ने र वित्तीय अनुशासनको विषयलाई थप स्पष्ट पार्न विभागको भूमिका खोज्ने निर्णय गरेको थियो। प्रमाणीकरण र स्तरीकरणमै आर्थिक चलखेल हुने गरेको तथा ब्रान्ड पाएका सहकारीहरुमा समेत वित्तीय अनुशासन कायम गर्न नसकेकाे गुनासो बढेपछि सहकारी विभागले यो विषयलाई थप विश्लेषण गर्नुपर्ने र कानूनी आधार सिर्जना गरेर मात्र अगाडि बढाउनुपर्ने अडान राख्दै आएको छ।

प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्