काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा अझै लगानीको वातावरण बन्न नसकेको बताए। उद्योगपति चौधरीले बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अर्थनीति बहसको कार्यक्रममा यस्तो बताएका हुन्। उनले सरकारले निजी उद्योगी व्यवसायीलाई हेर्ने नकारात्मक सोचका कारण नेपालमा लगानीको वातावरण बन्न नसकेको बताए।
नेपालमा लगानी गर्ने चाहने र नयाँ युवाहरु उद्यमशील बन्ने चाहना भएता पनि उपयुक्त वातावरण नहुँदा नेपालमा आर्थिक क्षेत्रको विकास हुन नसकेको उनको भनाइ छ। उनले निजी औद्योगिक क्षेत्रको विकासका लागि नीति नियम बनाउने कानुन निर्माताहरुको सोचमा सकारात्मक परिर्वतन नआएसम्म नेपालमा लगानीको सहज वातावरण बन्न नसक्ने बताए।
उद्योगपति चौधरीले ४५ वर्ष लामो उद्योग क्षेत्रमा काम गरेको अनुभाव सुनाउँदै भने, ‘नेपालमा धेरै जस्तो कानुन औद्योगिक क्षेत्रको विकासका लागि बाधक बनेका छन्। उद्योगी व्यवसायीहरु प्रति नेपालमा कानुन बनाउने निर्माताहरुको हेर्ने दृष्टि नै गलत हुने हुँदा ऐन कानुन, नीति नियमले उद्योगी व्यवसायीलाई बाध्ने गरेका भएको छ।’ देशमा लागनीको वातावरण बनाएर औद्योगी क्षेत्रको विकास गरी विदेशीयका युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्ने हो भने कानुन बनाउन निर्माताहरुको सोचमा परिवर्तन ल्याउनु पर्नेमा उनले जोड दिए।
‘ऐन कानुन बनाउने उद्योगीलाई यसरी सोच्छन् कि उद्योगी केही जान्दैन। यसलाई केही थाहा हुँदैन भन्ने अहिलेको मानसिकता अन्त्य नभएसम्म देशमा नयाँ नयाँ लगानीकर्ताको जन्म हुँदैन,’ चौधरीले भने, ‘नियन्त्रण गर्ने मासिकता र नकारात्मक सोच देशको आर्थिक विकास हुँदैन। जबसम्म यस्ता सोचबाट मुक्ति पाइदैन तबसम्म मुलुकले आर्थिक रुपमा फड्को मार्न सक्दैन।’
यसैगरी उनले ऐन कानुन निर्माताहरुमा पनि दक्षता हुनुपर्ने बताए। पुरानो सोचलाई परिवर्तन गर्ने पर्छ। उनले भने, ‘आर्थिक क्षेत्रको विकासका लागि कानुनी सहजता हुनु आवश्यक छ। अन्य देशको कुरा गर्दा हाम्रो जस्तो कानुनी बाधाहरु छैन।’
उद्योगी व्यवसायलाई कानुनले बाध्नेभन्दा पनि सहजीकरण गरिदिए मात्र विदेशी वा स्वादेशी लागनी बढ्छ। उनले भने, ‘आफू उद्योग क्षेत्रमा लागेको ४५ वर्ष भइरहेको छ। तर, नेपालमा अझै कानुनी समस्या उस्तै छन्। कानुनी बाधा अड्चनका बाबजुद पनि २०४६ सालपछि निजी क्षेत्र आर्थिक विकासमा ठूलो परिवर्तन ल्याएको छ।’
विभिन्न क्षेत्रमा लगानी लगाएका छन्। पर्यटन, शिक्षा औषधीजन्य कृषि लगायतका क्षेत्रमा लगानी बढेको छ। नेपालमा लगानी लगाउन सक्ने क्षेत्रहरु धेरै नै छन्। तर, सहज वातावरण बन्न सकेको छैन।
पछिल्लो समय नेपालीहरू पनि स्वदेशमै केही उद्यमशील बन्न चाहेको चौधरीको भनाइ छ। ‘उनीहरुलाई उद्यमशील बन्ने उपयुक्त वातावरण सरकारले दिन सकेको छैन। नयाँ नयाँ प्रविधिसँग जोडिएर नेपाली युवाहरु उद्यमी बन्नतर्फ लागेका छन्,’ चौधरीले भने, ‘उनीहरुको प्रोत्साहनका लागि सरकारले केही भूमिका देखिँदैन। राम्रो वातावरण नहुँदा धेरै युवाहरु निरास हुने परेको छ।’
धेरैभन्दा धेरै युवाहरुलाई उद्यमशील बनाउन सरकारले युवाहरुलाई प्रशिक्षणका कक्षहरु सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।
‘कतिपय युवाहरु उद्यमी बन्न चाहेर पनि सहि दिशा निर्देशन गर्ने मान्छे नहुँदा अन्य क्षेत्र लाग्नु पर्ने बाध्यता छ,’ उनले भने, ‘देशको आर्थिक विकास र स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले युवा जनशक्तिलाई उद्यमशिलको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।