काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल स्टारका विजेतालाई एक करोड बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ। यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पचास लाख बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ।
सोसम्बन्धी सम्झौता पत्रमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र कि एडभरटाजिङ सर्भिसका प्रबन्ध निर्देशक रविन्द्रकुमार रिजालले एक कार्यक्रममा हस्ताक्षर गरेका छन्।
सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री र राम कृष्ण ढकाललगायत कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।