• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

वर्ष उत्कृष्ट को? रोनाल्डो, मेस्सी कि लेवान्डोस्की?

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ३०, २०७७  १३:४७
1140x725

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष २०२० का लागि दिने उत्कृष्ट पुरुष खेलाडीको अवार्डका लागि शीर्ष तीनमा लगातार देखिएका क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीसँगै नयाँ अनुहार रोबर्ट लेवान्डोस्की रहेका छन्। गएको वर्षको खेलका आधारमा तीनमध्ये एकले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्नेछन्। 

गएको वर्ष फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड स्पेनिस क्लब बार्सिलोनाका कप्तान रहेका अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले जितेका थिए। गएको वर्ष लिभरपुलमा रहेका नेदरल्यान्ड्सका भर्जिल भ्यान डाइक दोस्रो र युभेन्टसमा रहेका पोर्चुगलका क्रिष्टियानो रोनाल्डो तेस्रो स्थानमा थिए। 

उत्कृष्ट पुरुष खेलाडीसँगै अन्य विभिन्न सात विधाको मनोनयन फिफाले सार्वजनिक गरेको हो। जसमा उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट महिला गोलकिपर, उत्कृष्ट पुरुष गोलकिपर, उत्कृष्ट महिला टिम प्रशिक्षक, उत्कृष्ट पुरुष टिम प्रशिक्षक र वर्ष उत्कृष्ट गोलको मनोनयन छ। 

मनोनयनमा रहेकालाई फिफा सम्बद्ध देशका राष्ट्रिय टिम कप्तान, प्रशिक्षक र एक मिडिया प्रतिनिधिले भोट गर्नेछन्। त्यसका साथै फिफाको वेवसाइटमा गएर समर्थकले समेत भोट गर्न पाउनेछन्। जसमा अन्तिम नतिजा १७ सेप्टेम्बरमा सार्वजनिक हुनेछ। जसमा विशेष ध्यान वर्ष उत्कृष्ट पुरुष खेलाडीमा नै रहनेछ। 

जसमा उत्कृष्ट ११ मा रोनाल्डो, मेस्सी र लेवान्डोस्कीसँगै बायर्न म्युनिकबाट लिभरपुल गएका स्पेनका थियागो अलकान्टारा, म्यानचेस्टर सिटीमा रहेका बेल्जियमका केभिन डि ब्रायन, लिभरपुलमा रहेका सेनेगलका सडियो माने, पिएसजीमा रहेका फ्रान्सका केलियन एमबाप्पे, पिएसजीमा रहेका ब्राजिलका नेमार, रियल मड्रिडमा रहेका स्पेनका सर्जियो रामोस, लिभरपुलमा रहेका इजिप्टका मोहम्मद सलाह र नेदरल्यान्ड्सका भर्जिल भ्यान डाइक थिए। 

क्रिष्टियानो रोनाल्डो
सन् २०१६ र २०१७ मा फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका रोनाल्डोले त्यसअघि फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी र फ्रान्स फुटबल म्यागजिनले दिने बालोन डि’ओर संयुक्त रुपमा दिइँदा २०१३ र २०१४ मा उत्कृष्टको अवार्ड जितेका थिए। त्यसअघि फिफाले फिफा विश्व उत्कृष्ट वर्ष खेलाडीको नाममा दिने अवार्ड रोनाल्डोले २००८ मा जितेका थिए। 

गएको वर्ष रोनाल्डो सिरि ए मा विजेता र कोपा इटालियामा उपविजेता रहे। च्याम्पियन्स लिगमा अन्तिम १६ बाट बाहिरिएका रोनाल्डो उपाधिका हिसाबले उत्कृष्ट देखिएका होइनन्। उनी सिरि ए मा पनि गएको वर्ष सर्वाधिक गोलमा दोस्रो स्थानमा थिए। २०१९-२० मा उनले ४६ खेलमा ३७ गोल र ७ असिस्ट गरेका थिए। सिरि ए मा ५० गोल पूरा गरेका उनी प्रिमियर लिग, ला लिगा र सिरि ए मा ५० गोल गर्ने पहिलो खेलाडी हुन्। 

Ncell 2
Ncell 2

‘गाह्रो समयमा सिरि ए को उपाधि जित्न सक्नु हाम्रा लागि गर्वको कुरा हो। व्यक्तिगत रुपमा हेर्दा युभेन्टसबाट ३७ गोल र पोर्चुगल राष्ट्रिय टिमबाट ११ गोल गरेर मैले आफ्नो उद्देश्य र खेलमा अझ राम्ररी बढ्ने हौसला पाएको छु। खेल जीवनमा ७५० गोल पूरा गर्न सक्दा पनि म खुसी छु’ रोनाल्डोले भनेका छन्। 

लियोनल मेस्सी
स्पेनिस क्लब बार्सिलोनामा रहेका अर्जेन्टिनाका लियोनल मेस्सीले फिफा उत्कृष्ट खेलाडीको अवार्ड छ पटक जितेका छन्। फिफा विश्व उत्कृष्ट वर्ष खेलाडीको नाम दिइने अवार्ड २००९ मा जितेका उनले फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी र फ्रान्स फुटबल म्यागजिनले दिने बालोन डि’ओर संयुक्त रुपमा दिइँदा २०१०, २०११, २०१२ र २०१५ मा जितेका थिए। फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडीको नाममा अवार्ड दिइँदा उनी गएको वर्ष २०१९ को विजेता बनेका थिए। 

३३ वर्षका मेस्सीले गएको सिजन बार्सिलोनाबाट ४४ खेलमा ३३ गोल र २५ असिस्ट गरेका थिए। जहाँ उनी स्पेनिस ला लिगामा सर्वाधिक गोलकर्ता पनि बने। ला लिगामा उनले ३३ खेलमा २५ गोल र २२ असिस्ट गरेका थिए। जुन युरोपका ठूला पाँच लिगमा एकै सिजन २० भन्दा बढी गोल र २० भन्दा बढी असिस्ट गर्ने मेस्सी एक्ला खेलाडी बने। 

उनी लगातार १२ ला लिगा सिजनमा २० भन्दा बढी गोल गर्ने खेलाडी पनि बने। च्याम्पियन्स लिगमा गएको सिजन ८ खेलमा ३ गोल र ४ असिस्ट मात्र गरे पनि उनी च्याम्पियन्स लिगमा फरक ३४ टिमविरुद्ध गोल गर्ने एक्ला खेलाडी बनेका थिए। गएको सिजन अन्य सिजनको तुलनामा कमजोर मानिए पनि मेस्सीको तथ्यांक अझ उत्कृष्टमा नै देखिन्छ। 

रोबर्ट लेवान्डोस्की
लेवान्डोस्की पहिलो पटक फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन्। बायर्न म्युनिकमा रहेका पोल्यान्डका लेवान्डोस्की पछिल्ला वर्षहरुमा उत्कृष्ट खेलमा चिनिँदै आइरहेका छन्। ३२ वर्षका उनको गएको सिजन त अझ उत्कृष्ट देखिएको थियो। गएको सिजन उनले च्याम्पियन्स लिग, बुन्डेस लिगा, डिएफबी कप, जर्मन सुपर कप र युइएफए सुपर कपसहित पाँच उपाधि जितेका थिए। 

उनी गएको सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता, बुन्डेसलिगामा सर्वाधिक गोलकर्ता, डिएफबी कपमा सर्वाधिक गोलकर्ता बनेका लेवान्डोस्कीले जर्मनमा वर्ष उत्कृष्ट फुटबलर र युइएफए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए। 

गएको सिजन बायर्न म्युनिकका लागि लेवान्डोस्कीले ४७ खेलमा ५५ गोल र १० असिस्ट गरेका थिए। जहाँ बुन्डेस लिगामा ३१ खेलमा ३४ गोल ४ असिस्ट, च्याम्पियन्स लिगमा १० खेलमा १५ गोल ६ असिस्ट, डिएफबीमा ५ खेलमा ६ गोल गरेका थिए। 

‘जब धेरै गोल गरिएको छ र मिल्ने जति सबै उपाधि जितिएको छ भने यस्तो अवस्थामा मैले आफूलाई अरु कसैसँग तुलना गर्न चाहन्नँ। हामी अहिले पूरा टिम नै उत्कृष्ट हौँ, यसमा कुनै दुविधा छैन’, लेवान्डोस्कीले भनेका छन्, ‘हुन त उनले अहिलेसम्म जे जस्तो गरेका छन् त्यसका आधारमा मेस्सी जस्ता खेलाडी पाउन एक सय वर्ष पनि लाग्न सक्छ, त्यसैले उनी फुटबल इतिहासका महान खेलाडी हुन्।’ 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १३:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड
गगनलाई बधाई दिंदै सुजाताले भनिन् : ‘पार्टी फुटेको होइन, परिवर्तन आएको हो’
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
गगनलाई बधाई दिंदै सुजाताले भनिन् : ‘पार्टी फुटेको होइन, परिवर्तन आएको हो’ शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने शनिबार, माघ ३, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्