• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

वर्ष उत्कृष्ट को? रोनाल्डो, मेस्सी कि लेवान्डोस्की?

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ३०, २०७७  १३:४७
1140x725

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष २०२० का लागि दिने उत्कृष्ट पुरुष खेलाडीको अवार्डका लागि शीर्ष तीनमा लगातार देखिएका क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीसँगै नयाँ अनुहार रोबर्ट लेवान्डोस्की रहेका छन्। गएको वर्षको खेलका आधारमा तीनमध्ये एकले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्नेछन्। 

गएको वर्ष फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड स्पेनिस क्लब बार्सिलोनाका कप्तान रहेका अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले जितेका थिए। गएको वर्ष लिभरपुलमा रहेका नेदरल्यान्ड्सका भर्जिल भ्यान डाइक दोस्रो र युभेन्टसमा रहेका पोर्चुगलका क्रिष्टियानो रोनाल्डो तेस्रो स्थानमा थिए। 

उत्कृष्ट पुरुष खेलाडीसँगै अन्य विभिन्न सात विधाको मनोनयन फिफाले सार्वजनिक गरेको हो। जसमा उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट महिला गोलकिपर, उत्कृष्ट पुरुष गोलकिपर, उत्कृष्ट महिला टिम प्रशिक्षक, उत्कृष्ट पुरुष टिम प्रशिक्षक र वर्ष उत्कृष्ट गोलको मनोनयन छ। 

मनोनयनमा रहेकालाई फिफा सम्बद्ध देशका राष्ट्रिय टिम कप्तान, प्रशिक्षक र एक मिडिया प्रतिनिधिले भोट गर्नेछन्। त्यसका साथै फिफाको वेवसाइटमा गएर समर्थकले समेत भोट गर्न पाउनेछन्। जसमा अन्तिम नतिजा १७ सेप्टेम्बरमा सार्वजनिक हुनेछ। जसमा विशेष ध्यान वर्ष उत्कृष्ट पुरुष खेलाडीमा नै रहनेछ। 

जसमा उत्कृष्ट ११ मा रोनाल्डो, मेस्सी र लेवान्डोस्कीसँगै बायर्न म्युनिकबाट लिभरपुल गएका स्पेनका थियागो अलकान्टारा, म्यानचेस्टर सिटीमा रहेका बेल्जियमका केभिन डि ब्रायन, लिभरपुलमा रहेका सेनेगलका सडियो माने, पिएसजीमा रहेका फ्रान्सका केलियन एमबाप्पे, पिएसजीमा रहेका ब्राजिलका नेमार, रियल मड्रिडमा रहेका स्पेनका सर्जियो रामोस, लिभरपुलमा रहेका इजिप्टका मोहम्मद सलाह र नेदरल्यान्ड्सका भर्जिल भ्यान डाइक थिए। 

क्रिष्टियानो रोनाल्डो
सन् २०१६ र २०१७ मा फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका रोनाल्डोले त्यसअघि फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी र फ्रान्स फुटबल म्यागजिनले दिने बालोन डि’ओर संयुक्त रुपमा दिइँदा २०१३ र २०१४ मा उत्कृष्टको अवार्ड जितेका थिए। त्यसअघि फिफाले फिफा विश्व उत्कृष्ट वर्ष खेलाडीको नाममा दिने अवार्ड रोनाल्डोले २००८ मा जितेका थिए। 

गएको वर्ष रोनाल्डो सिरि ए मा विजेता र कोपा इटालियामा उपविजेता रहे। च्याम्पियन्स लिगमा अन्तिम १६ बाट बाहिरिएका रोनाल्डो उपाधिका हिसाबले उत्कृष्ट देखिएका होइनन्। उनी सिरि ए मा पनि गएको वर्ष सर्वाधिक गोलमा दोस्रो स्थानमा थिए। २०१९-२० मा उनले ४६ खेलमा ३७ गोल र ७ असिस्ट गरेका थिए। सिरि ए मा ५० गोल पूरा गरेका उनी प्रिमियर लिग, ला लिगा र सिरि ए मा ५० गोल गर्ने पहिलो खेलाडी हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘गाह्रो समयमा सिरि ए को उपाधि जित्न सक्नु हाम्रा लागि गर्वको कुरा हो। व्यक्तिगत रुपमा हेर्दा युभेन्टसबाट ३७ गोल र पोर्चुगल राष्ट्रिय टिमबाट ११ गोल गरेर मैले आफ्नो उद्देश्य र खेलमा अझ राम्ररी बढ्ने हौसला पाएको छु। खेल जीवनमा ७५० गोल पूरा गर्न सक्दा पनि म खुसी छु’ रोनाल्डोले भनेका छन्। 

लियोनल मेस्सी
स्पेनिस क्लब बार्सिलोनामा रहेका अर्जेन्टिनाका लियोनल मेस्सीले फिफा उत्कृष्ट खेलाडीको अवार्ड छ पटक जितेका छन्। फिफा विश्व उत्कृष्ट वर्ष खेलाडीको नाम दिइने अवार्ड २००९ मा जितेका उनले फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी र फ्रान्स फुटबल म्यागजिनले दिने बालोन डि’ओर संयुक्त रुपमा दिइँदा २०१०, २०११, २०१२ र २०१५ मा जितेका थिए। फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडीको नाममा अवार्ड दिइँदा उनी गएको वर्ष २०१९ को विजेता बनेका थिए। 

३३ वर्षका मेस्सीले गएको सिजन बार्सिलोनाबाट ४४ खेलमा ३३ गोल र २५ असिस्ट गरेका थिए। जहाँ उनी स्पेनिस ला लिगामा सर्वाधिक गोलकर्ता पनि बने। ला लिगामा उनले ३३ खेलमा २५ गोल र २२ असिस्ट गरेका थिए। जुन युरोपका ठूला पाँच लिगमा एकै सिजन २० भन्दा बढी गोल र २० भन्दा बढी असिस्ट गर्ने मेस्सी एक्ला खेलाडी बने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी लगातार १२ ला लिगा सिजनमा २० भन्दा बढी गोल गर्ने खेलाडी पनि बने। च्याम्पियन्स लिगमा गएको सिजन ८ खेलमा ३ गोल र ४ असिस्ट मात्र गरे पनि उनी च्याम्पियन्स लिगमा फरक ३४ टिमविरुद्ध गोल गर्ने एक्ला खेलाडी बनेका थिए। गएको सिजन अन्य सिजनको तुलनामा कमजोर मानिए पनि मेस्सीको तथ्यांक अझ उत्कृष्टमा नै देखिन्छ। 

रोबर्ट लेवान्डोस्की
लेवान्डोस्की पहिलो पटक फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन्। बायर्न म्युनिकमा रहेका पोल्यान्डका लेवान्डोस्की पछिल्ला वर्षहरुमा उत्कृष्ट खेलमा चिनिँदै आइरहेका छन्। ३२ वर्षका उनको गएको सिजन त अझ उत्कृष्ट देखिएको थियो। गएको सिजन उनले च्याम्पियन्स लिग, बुन्डेस लिगा, डिएफबी कप, जर्मन सुपर कप र युइएफए सुपर कपसहित पाँच उपाधि जितेका थिए। 

उनी गएको सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता, बुन्डेसलिगामा सर्वाधिक गोलकर्ता, डिएफबी कपमा सर्वाधिक गोलकर्ता बनेका लेवान्डोस्कीले जर्मनमा वर्ष उत्कृष्ट फुटबलर र युइएफए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए। 

गएको सिजन बायर्न म्युनिकका लागि लेवान्डोस्कीले ४७ खेलमा ५५ गोल र १० असिस्ट गरेका थिए। जहाँ बुन्डेस लिगामा ३१ खेलमा ३४ गोल ४ असिस्ट, च्याम्पियन्स लिगमा १० खेलमा १५ गोल ६ असिस्ट, डिएफबीमा ५ खेलमा ६ गोल गरेका थिए। 

‘जब धेरै गोल गरिएको छ र मिल्ने जति सबै उपाधि जितिएको छ भने यस्तो अवस्थामा मैले आफूलाई अरु कसैसँग तुलना गर्न चाहन्नँ। हामी अहिले पूरा टिम नै उत्कृष्ट हौँ, यसमा कुनै दुविधा छैन’, लेवान्डोस्कीले भनेका छन्, ‘हुन त उनले अहिलेसम्म जे जस्तो गरेका छन् त्यसका आधारमा मेस्सी जस्ता खेलाडी पाउन एक सय वर्ष पनि लाग्न सक्छ, त्यसैले उनी फुटबल इतिहासका महान खेलाडी हुन्।’ 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १३:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्