एजेन्सी–बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली संघ (इयु) सँग पोस्ट–ब्रेग्जिट व्यापार सम्झौता नहुने बताएका छन्। इयुसँग वार्ता भने जारी रहने उनको भनाइ छ।
३१ डिसेम्बरदेखि बेलायतले इयुको व्यापारनियम पालना गर्ने छैन। अब इयुसँग कुनै पनि खालको सम्झौता गर्ने समय पनि नभएको बताइएको छ। इयुप्रमुख उर्सुला वनसँग ब्रसेल्समा भएको वार्ता निष्कर्षविहीन भएपछि प्रधानमन्त्री जोन्सनको यो भनाइ बाहिर आएको हो।
इयु र बेलायती अधिकारीबीच हप्तौंसम्म छलफल चले पनि प्रतिस्पर्धा नियम र माछा मार्ने अधिकारजस्ता मुख्य मुद्दामा कुनै निष्कर्ष निस्कन सकेन।
जोन्सनले इयुले बेलायत आफ्नो कानुनी व्यवस्थामा बाँधिइरहोस्, अन्यथा आयातमाथि शुल्क तिर्न तयार रहोस् भन्ने चाहेको उल्लेख गर्दै यसबाट विषय झन् जटील भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।