एजेन्सी- चीनस्थित अमेरिकी राजदूतावासको ट्विटर ह्यान्डलबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विट रिट्विट भएपछि विवाद सिर्जना भएको छ। ट्विटरले नै उक्त ट्विटलाई विवादित ट्विटको संज्ञा दिएको छ।
उक्त विवादित ट्विट रिट्विट भएको विषयलाई राजदूतावासले प्रष्टोक्ति दिँदै अकाउन्ट ह्याक भएको बताएको छ।
बुधबार ट्रम्पले निर्वाचनमा धाँधली भएको भनी गरेको ट्विटलाई राजदूतावासले रिट्विट गरेको थियो। सो कुराको प्रष्टोक्ति दिँदै राजदूतावासले उक्त समयमा आफ्नो ट्विटर अकाउन्ट ह्याक भएको जनाएको छ।
राजदूतावासले आफ्नो ट्विटर अकाउन्ट ह्याक भएको बताउँदै उल्लेख गरेको छ‚ ‘राजदूतावासले कुनै किसिमका ट्विटलाई रिट्विट गरेको छैन।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।