एजेन्सी–अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि करका विषयमा छानबिन सुरु भएको छ। अमेरिकाको डेलावर राज्यमा उनीमाथि छानबिन चलिरहेको छ।
हन्टरले यस विषयलाई आफूले गम्भीरतापूर्वक लिइरहेको र छानबिनबाट यथार्थ बाहिर आउने बताएका छन्। उनले करलाई आफूले कानुनी र सही ढंगले ह्याण्डिल गरिरहेको पनि बताए।
बाइडेनको टिमले नवनिर्वाचित राष्ट्रपतिलाई आफ्नो छोराप्रति निकै गर्व रहेको उल्लेख गरेको छ। टिमले हालैका महिनामा उनीप्रति लक्षित गर्दै भएका व्यक्तिगत ‘आक्रमण’ जस्ता चुनौतीलाई हन्टरले सामना गरिरहेको पनि जनाएको छ। राष्ट्रपति चुनावका क्रममा रिपब्लिकन पार्टीले उनलाई निशाना बनाएको थियो।
सन् २०२० को सुरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग चलाउने क्रममा भएको छानबिनमा जो बाइडेन उपराष्ट्रपति हुँदा हन्टर एक युक्रेनी ऊर्जा कम्पनीको बोर्डमा रहेको खुलासा भएको थियो। ट्रम्पले हन्टरमाथि अनुसन्धान हुनुपर्ने दबाब पनि दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।