एजेन्सी–अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड नागरिकलाई कोरोना खोप लगाउने बताएका छन्।
मंगलबार डेलावरमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीको नाम सार्वजनिक गर्दै उनले आफ्नो कार्यकालको १०० दिनमा कोभिड–१९ अन्त्य नभए पनि महामारीको कोर्स परिवर्तन गर्न सकिने बताए।
तर कंग्रेसले द्विदलीय वार्ता निष्कर्षमा नपुर्याएमा र तत्काल बजेटको व्यवस्था नगरे कोरोना भाइरस नियन्त्रणको गति मत्थर हुने उनले बताए। बालबालिकालाई पुनः विद्यालय फर्काउनु पनि प्राथमिकतामा रहेको उनको भनाइ छ। तर उनले अमेरिकामा ठूलो खोप अभियान कसरी सञ्चालन हुन्छ भन्नेबारेमा भने विस्तृत जानकारी दिएनन्।
बाइडेनले स्वास्थ्यमन्त्रीको रुपमा क्यालिफोर्नियाका महान्यायाधिवक्ता जेभियर बेकेरा तथा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को प्रमुखमा रोचेल वालेन्स्कीलाई चयन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।